चितवनका सहकारि पिडितले आन्दाेलन गर्ने

Spread the love

पूर्ण चन्द्र चापागाई

चितवनका सहकारी पीडित आन्दोलनमा उत्रिने भएका छन् । आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग राख्दै जेठ ११ गते भरतपुरमा याली निकाल्न लागिएको बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । सहकारी पीडित संघ चितवन नै गठन गरेर शुक्रबार आन्दोलन स्वरुप याली निकाल्न लागिएको साहारा बहुँउद्देश्य सहकारी संस्था पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीेले जानकारी दिए । भरतपुरको चौबिसकोठिबाट सुरु हुने र्‍याली मेडिकल रोड मालपोत चोक, हुँदै जिल्ला प्रशासनमा गएर कोण सभामा परिणत हुनेछ । र्‍यालीमा जिल्ला भरका बचतकर्ताहरुको सहभागिता रहने जनाइएको छ ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, सनराईज बचत तथा ऋण सहकारी संस्था र साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, समाज कल्याण सहकारी, नेपाल सहकारी वित्तिय सहकारी संस्थाका बचतकर्ताको दुई अर्ब बढी रकम डुबेको छ । प्रधानमन्त्री, गृहमन्त्री लगायतका निकायमा पुग्दा समेत न्याय पाउन नसकेको भन्दै आन्दोलनमा उत्रनु परेको शिवशिखर बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता बद्रि अधिकारीले बताए । ‘हामी प्रधानमन्त्री, गृहमन्त्री सिआईबिसम्म पुग्यौँ । तर, अहिलेसम्म पाएका छैनौँ,’ उनले भने ‘हामी थकित भैसक्यौँ ।’

चितवनमा १० वटाभन्दा बढी सहकारीमा बचतकर्ताको रकम डुबेको बताइएको छ । उनका अनुसार ६ अर्बको हाराहारीमा चितवनमा अपचलन भएको छ । यो रकम राज्यले दिनुपर्ने उनले बताए । उनका अनुसार शिवशिखरबाट मात्रै ९८ करोड बढी रकम बचतकर्ताको डुबेको छ । यस्तै सनराईज सहकारीका बचतकर्ताको ९० करोड ८० लाख २० हजार रुपैयाँ डुबेको छ । सो सहकारीका बचतकर्ता तुलसीराम सापकोटाले सहकारी पीडितको मागलाई राज्यले समाधान गरिदिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *