लागुऔषध दुर्ब्यसनी बिरुद्धको ३ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न

Spread the love

जिल्ला प्रहरी कार्यालय चितवनसंगको समन्वय तथा प्राविधिक सहयोग, भरतपुर महानगरपालिका १६ नं. वडा कार्यालय र आव्हान नेपाल चितवनको संयुक्त आयोजना मा भरतपुर महानगरपालिका वडा नं १६ स्थित श्री दुर्गा शेषकान्त अधिकारी मा.वि, श्री ढड्डाघारी मा.वि. र चारपाते युवा क्लबको सभाहलमा सोही वडाका जनप्रतिनिधि, टोल विकास संस्था, आमा समुह, स्थानिय युवा क्लवका प्रतिनिधि, महिला अधिकारकर्मी, नागरिक समाजका व्यक्तित्वहरु, व्यवसायी लगायत स्थानीय व्यक्तित्वहरु र बिद्यार्थी समेत गरी अन्दाजी २०० जनालाई जिल्ला प्रहरी कार्यालय चितवनका प्र.ना.नि रिमा कोईरालाद्धारा “लागु औषधको, लागु औषध दुर्व्यसनीको रोकथाम र न्यूनिकरणमा विद्यालय, परिवार र समाजको भुमिका, कानूनी ब्यवस्था, र त्यसबाट हुने असरहरू” को बारेमा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न भएको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *