माडीका विविध समस्या पहिचान समाधान सम्बन्धी दबाब तथा सङ्घर्ष समिति
सम्माननीय प्रधानमन्त्री तथा चितवन क्षेत्र नं. ३ को निर्वाचित पूर्व सांसद चितवन निवासी सम्माननीय पुष्पकमल दाहाल(प्रचण्ड) को विगत लामो समयदेखिको माडी तथा चितवनका सबै क्षेत्रको विशेष चासो, सद्भाव, माया तथा संलग्नताले गर्दा नै चितवन जिल्लाको दिगो विकासमा दिनानुदिन विकासको चरणले फड्को मार्दै गएको तथ्यलाईचितवनबासीले बिर्सन सक्दैनन् । यहाँले प्रधानमन्त्रीको हैसियतमा बैशाख ३१ गते पूर्व पश्चिमराजमार्गको नवलपुर जिल्लाको गैंडाकोट र चितवन जिल्लाको नारायणगढ जोड्ने खण्ड (नारायणीपुलको) सिग्नेचर पुलको सिलन्यास कार्यक्रममा सम्बोधन गर्नु हुँदै त्यसै अवसरमा चितवन जिल्लाको बिकट क्षेत्रको रूपमा नामाङ्कित भएको माडी र यस चितवन राष्ट्रिय निकुञ्जक्षेत्रहुँदै ठोरीसम्म पुग्ने हुलाकी सडकखण्ड मध्ये निकुञ्जक्षेत्रभित्रको बाटो धुलोरहित, मानव तथा वन्यजन्तुमैत्री हुने गरी कालोपत्रे (पिच) वा अरू कुनै तरिकाले यसलाई व्यबस्थित गरी २४ सैं घण्टा आवतजावत गर्न मिल्ने गरी विशेष पहलकदमी यसको कार्यान्वयन पक्षमा जान यसै आर्थिकशत्रमा आउने नीति तथा कार्यक्रममा पर्ने गरी आवश्यक प्रकृया थालनी गर्नेसम्मको विषयको उद्घघोष गर्नु भएकोमा हामी माडीबासी लगायत सम्पूर्ण चितवनबासी जनसमुदाय समेत हर्षित छौँ ।र यसै क्षेत्रबाट पनि क्षेत्रबाट पनि निर्वाचनमा सफलता प्राप्त गरी सक्नु भएको हजुरको अनुभव र चितवनबासीकै नाताले माडीबासीका हरेक समस्याहरूमा अत्यन्त महत्वकासाथ दिलचस्पी राख्नुहुने सम्माननीय प्रधानमन्त्री ज्यू को अत्यन्त आत्मियताको कारण पनि यसै आर्थिकसत्र र कार्यकालमा माडीले २४ सैं घण्टा आवतजावत गर्न मिल्ने गरी चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो सुविधासम्पन्न भयमुक्त, धुलोरहित आशा र विश्वास माडीबासी लगायत सम्पूर्ण चितवनबासीले लिएका छौँ । तर पनि बिगतदेखिको विभिन्न राजनैतिकदल तथा सम्माननीय ज्यूबाट व्यक्त गर्नु भएका यसैसँग सम्बन्धित कुराहरू मध्यनजर गर्दा राष्ट्रय निकुञ्ज ऐन, २०२९ को संशोधन हुन नसक्नु र तोकिएको समयसिमाभित्र निकुञ्जभित्रको बाटो कालोपत्रे(पिच) वा धुलोरहित, मानव तथा वन्यजन्तुमैत्री हुन नसक्नुले माडी तथा ठोरीबासी सर्वसाधारणमा यस विषयको पूर्ण कार्यान्वयन वा काम सम्पन्न नभएसम्म पूरापूर रूपमा विश्वास गर्न नसकिने अबस्था श्रृजित भएको महसुस गरेका छौँ, त्यस्तो वातावरणलाई चिर्न सक्ने गरी काम हुनेछ भन्नेमा पनि पूर्ण विश्वस्त छौँ । त्यसकारण यस माडी संघर्ष समिति (मा.स.स.) ले हाल व्यक्त भएका विषयमा सन्तोषसाथ आभार व्यक्त गर्दै सम्बन्धित विषयको पूर्ण कार्यान्वयन नभएसम्मका लागिबारम्बार घच्घच्याई रहने गरी र आवश्यकता अनुसारका दबाबमूलक कार्यक्रमहरू ल्याउने गरी यो विज्ञप्ति जारी गरेका छौँ । भन्नुभयाे ।
माडी संघर्ष समितिलसँग आबद्द संघ,संस्थाहरू
(माडी भरतपुर सम्पर्क मञ्च, थारू कल्याणकारीणी सभा, समृद्दीका लागि युवा अभियान माडी, देवेन्द्रपुर(जगन्नाथपुरी) सम्पर्क समाज, साविक अयोध्यापुर सम्पर्क मञ्च, गर्दी भरतपुर सम्पर्क मञ्च, माडी माईति घर, जेष्ठ नागरिक समाज माडी, पत्रकार माडीसँग सम्बन्धित सबै, माडीसँगसम्बन्धित सबै संघ,संस्थाहरू, कृषक, उद्योगी, व्यापारी, विद्यार्थी, शिक्षक तथा बुद्दिजीवि, मजदुर, वर्तमान तथा पूर्व कर्मचारी लगायत सम्पूर्ण माडीबासीको तर्फबाट)
माडी संघर्ष समिति बाट पुन ध्यान आकर्षण गराएकाे बताउनु भयाे ।