अपाङ्गता भएका महिलाहरुको लागी सिप विकास तालिम उद्घाटन सम्पन्न

Spread the love

अपाङ्गता भएका महिलाहरुको लागी सिप विकास (साबुन र सरफ) बनाउने तालिमको आज उद्घाटन कार्यक्रम सम्पन्न भएको छ I” सिप सिकौं स्वरोजगार बनौ “भन्ने नाराका साथ् खैरहनी नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना मा जनता सेवा सिपमुलक तालिम केन्द्र भरतपुर -१२ सेवा प्रदायक सस्थाको रुपमा रही सोहि कार्यक्रम उद्घाटन गरिएको थियो I कार्यक्रमको सफलताको कामना गर्दै खैरहनी नगरपालिका उप प्रमुख कविता उप्रेतीले सबै प्रशिक्षार्थीहरुलाई राम्रोसंग सिप सिकी व्यवहारमा ल्याउन समेत आग्रह गर्नुभयो I त्यसै गरी खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद सापकोटाले तालिम सफलताको शुभकामना दिनु भएको थियो I त्यसै गरि महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कृष्ण कुमारी गुरुङ्ग तथा महिला विकास सहायक देवी अधिकारी रहनु भएको थियो I खैरहनी नगरपालिका प्रमुख शशी कुमार खनियाले तालिमका सहभागी हरुलाई शुभकामना दिदै नियमित उपस्थित भइ तालिम सिकेर व्यवहारमा उतार्न आग्रह गर्नुभयो I प्रशिक्षार्थीहरुलाई तालिम पश्चात व्यवसाय गर्न चाहनेहरुको लागी खैरहनी नगरपालिका बाट बिउ पुंजी प्रदान गर्ने बताउनु भयो I व्यवसाय गर्न चाहनेहरुलाई उत्पादन गरेको सामानहरुको उत्पादित लेवल मिति राख्नको लागि समेत तालिम प्रदान गरिने बताउनुभयो I खैरहनी नगरपालिकाले नगरबासीको लागि जुनसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्दता व्यक्त गर्नुभयो I उक्त नगरपालिकामा जनता सेवा सिपमुलक तालिम केन्द्रले सेवा प्रदायक सस्थाको रुपमा २०८१ जेष्ठ १ गते देखि जेष्ठ ५ गतेसम्म संचालन गर्ने छ I

Leave a Reply

Your email address will not be published. Required fields are marked *