सार्वजनिक सम्पती संरक्षण लागि जग्गा खाली

Spread the love

धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ का टोल बासिन्दाले मिति २०८० फागुन १५ गते नेपाल सरकारका गृह मन्त्रालयमा अस्थायी बस्ती खाली गरी सार्वजनिक सम्पती संरक्षण गरी पाउँ भन्ने विषयको निवेदन सम्बन्धमा आवश्यक कारवाही गर्न हुन भनि श्री नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौ र जिल्ला प्रशासन कार्यालय धादिङमा नेपाल सरकारका गृह मन्त्रालयबाट निर्देशन भए बमोजिम मिति २०८०।१२।२० गते धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बद्रीनाथ गैह्रेज्यूको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरु‚स्थानीय निकाय, राजनीतिक दलहरुसँगको सहकार्य र समन्वयमा बैठक बसी धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ पौवाडिलमा वि.स.२०७२ सालको भुकम्प पश्चात साविकको लापा गा.वि.स.बाट विस्थापित भई सुरक्षित स्थानको खोजीको क्रममा आएका व्यक्तिहरु सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरेका बासिन्दाहरुलाई त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालय धादिङबाट मिति २०८१।०१।०२ गते अतिक्रमित सार्वजनिक स्थान खाली गर्ने भनि १५ दिने सूचना टाँस गरे पश्चात उक्त जग्गामा १६ घरधुरी हाल बस्दै आएकोमा निजहरु आ-आफ्नै घर फिर्ता भई खाली गराइएको जिल्ला प्रहरी कार्यलय धादिङ्गका सुचना अधिकारिले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *