थारु कल्याणकारी सभा तथा माडीका भूमिपुत्रहरू आन्दोलनको अगुवाई गर्दै

Spread the love

थारु कल्याणकारणी सभा चितवनका जिल्ला सभापति ललित कुमार चौधरीको अध्यक्षतामा थारु कल्याणकारिणीसभाको सभाहलमा बसेको सर्वपक्षीय बैठकले माडीसँग अन्तर सम्बन्धित विभिन्न सामाजिक संघ संस्थाहरूको प्रतिनिधित्व हुनेगरी आगामी वैशाख २२ गते शनिबारका दिन माडी भरतपुर सम्पर्क मञ्चका अध्यक्ष श्री विष्णुकुमारी क्षेत्री ज्यूको संयोजकत्वमा माडीका सर्वपक्षिय संघसंस्था एवं सरोकारवालाहरूसँग संघर्ष समितिको निर्माणका लागि तपसिलका संस्थाहरूका अध्यक्षहरूको पदेन प्रतिनिधित्व हुनेगरी र बाँकी रहेका संघसंस्था समेतलाई थप गर्नेगरी र परिमार्जित परिमार्जन गर्ने गरी संघर्ष समिति गठन गर्ने निर्णय गरियो । माडी बिकासका अबरोधहरू चिर्दै पूरा नभएका आजसम्मक बिकासका अधूरा वाचाहरू पूरा गराउन र आगामी पन्च बर्शिय योजनामा माडीका मुद्दाहरूलाई राश्ट्रीय रुपमा योजनामा समाबेश गराउन, पिच नभएको जङलको धुलाम्मे सडकला पिच गराई जङ्गली जनावर र मानव समूदाय समेतको जिवनको बाच्न पाउने हकको स्थापित गर्न यथाशिघ्र पिच निर्माण गराउने, बिद्ध्य्त लगायत स्वास्थ्यका समस्याहाहरूको समाधान गरी उपचार नपाएर माडीभित्रै मृत्यु बरण गर्न पर्ने वातावरणको अन्त्य गर्न, सिन्चाईको कारण उब्जनी नभएर भोकै बस्न पर्ने वातावरण आउन नदिन, पिउने पानीका योजनाहरू कागजमा थुपारेर माडीका जनता पानी बिनाका काकाकूल हुन नपरोस भन्ने समस्याबाट मुक्त गराउन, बिभिन्न खाले पर्क लगायतका कुनै पनि योजना ल्याएर जनताको आखामा धूलो भर्ने वातावरणबाट मुक्त गराउन समेतका अनेकौ योजनाहरू ल्याउन पनि तपसिलमा उल्लेखित सङ्हर्श समितिले आफ्नो कार्य योजना ल्याउनेमा माडीबासी सबै सङ्घ सस्थाहरू बिस्वस्त छन । माडी भरतपुर सम्पर्क मञ्च की अध्यक्ष विष्णुकुमारी क्षेत्री, थारु कल्याणकारीणी सभाबाट चुडामणि महतो,समृद्धिका लागि युवा अभियान बाट विपिन पाठक देवेन्द्रपुर सम्पर्क मञ्च / जगन्नाथपुर बाट शशिधर लामिछाने साविक अयोध्यापुर सम्पर्क मञ्चबाट सुरेन्द्र कुमार श्रेष्ठ हरिनगर सम्पर्क मञ्चबाट दिनेश अधिकारी गर्दी भरतपुर सम्पर्क मञ्चबाट देवेन्द्र पौडेल, माडी माइतीघरबाट विष्णु तिवारी पत्रकारहरू मध्येबाट दीपक पौडेल कालिका एफएमबाट। धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *