बाल बिकाश केन्द्रहरूको अनुगमन मूल्याङ्कन

Spread the love

हिमालय आधारभूत बिध्यालायको बाल बिकास कक्षा(ECD) ”’क” श्रेणीमा भरतपुर महानगरपालिकाले जारी गरेको बाल बिकास केन्द्र (ECD) को स्तरीकरण मापदण्ड २०८० का आधारमा महानगरभित्र सन्चालित बाल बिकाश केन्द्रहरूको अनुगमन मूल्याङ्कन गरी महानगर भित्रका उत्कृश्ट अङ्कका साथ श्री हिमालय आधारभूत बिध्यालय समेत ३ बिध्यालयलाई ”’क” श्रेणीमा परेको कुरा महानगरपालिका शिक्षा समन्यय इकाईका प्रमुख महेन्द्र प्रसाद पौडेलले बताउनु बताउनु भयाे। चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ११ जागृतिचोकमा रहेको हिमालय आधारभूत बिध्यालय, राश्ट्रीय माध्यामिक बिध्यालय कृश्णपुर र राश्ट्रीय मा. बि. सोसी ”’क” बर्गमा परेकाछन । २ बर्श अगाडि ECD कक्षामा १२ जना बालबालिका रही दरबन्दी कटौती भएको अबस्थामा हाल ५५ जना बिध्यार्थी भै ”’क” श्रेणीमा पर्न सफल भएकोमा बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री अधिबक्ता जगन्नाथ भण्डारीले बिगतको अबस्थाबाट बर्तमानको अबस्थामा ल्याई पुर्याउनु हुने चन्दादाता, सहयोगी हात, भरतपुर महानगरपालिका वडा नम्बर ११ को कार्यालय, नवजागृती सामूदायीक वन समूह, धावन पार्टी प्यालेस, जागृतिचोक, निलगिरी जागृतिटोल, लगायत सबै टोल बिकास सस्थ, भरतपुर ११ र १२ का वडाध्यक्ष ज्यूहरू, सल्लाहकार समिति, उपसमितिहरू समेतलाई धन्यवाद ग्यापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको कुरा ब्यक्तगर्नुभयो । हाल बिध्यालयमा बिध्यार्थीको आकर्शण बढेको छ भनी खुशी ब्यक्त गर्नुभयो भने बिध्यालयका प्रधानाध्यापक डिल्लीरमण तिवारीले बिध्यालयलाई नमूना बनाउनको निरन्तर लागी परेको हुदा सबै सबैले सहयोग गर्नुहुनेछ भन्ने आशा र बिश्वास सहितको अनुरोध गर्नुभएको छ । यस हिमालय आधारभूत बिध्यालयमा हाल जम्मा २५० जना बिध्यार्थीहरूको शिक्षण कार्यको लागि १४ जना शिक्षक/शिक्षिकाहरू र एक जना कार्यालय सहायक रहनुभएको छ । यो बिध्यालय भरतपुरको मुटुमा रहेर पनि सबैको आखा नपरेको हि कि भन्ने जनमानसमा छाप परेको बेला बि. ब्य. स. अध्यक्ष अधिबक्ता जगन्नाथ भण्डारी को बिध्यालय आगमन पश्चात यो बिध्यालय सबैको आखामा पर्छ कि भन्ने आशा जागेको कुरा यो बालबिकास केन्द्र (ECD) को अनुगमनको निर्णय प्रकाश आएपश्चात सर्बसाधारणको मनमा देखिन लागेको छ । बि ब्य स अध्यक्ष भण्डारीका अनुसार यो बिध्यालयको स्वरुप हेर्न लायक गराइदिनुहुनेमा मनका धनी कानून ब्यबसायी भाइ पूर्ण चन्द्र चापागाईले बिध्यालयको मुख्य गेट निर्माणमा सौजन्य गर्नुभएको थियो भने एस एण्ड पि अडिटिङ्ग प्रालि का सन्चालक सुर्य प्रसाद श्रेश्ठ ज्यू ले बिध्यार्थीहरूलाई ट्र्याकसुट, टाइबेल्ट प्रदान गर्नुभएको थियो त्यसै गरी चितवन समाज मेलबर्न भिक्टोरिया अश्ट्रेलियाका अध्यक्ष बिपुल ग्यावाली, आत्माराम रिजाल लगायतका मनकारी सहयोगीदाताहरूको सहयोगले गर्दा नै हाम्रो छाती गर्वले चौडा भएको छ भन्नुभयो भने पोखरी टोलका सचिव राजेन्द्र अधिकारी र पूर्ण चन्द्र चापागाई ज्यूले बिध्यालयमा सम्युक्त रुपमा स्टेशनरी बैकको स्थापना समेत गरी उदाहरण प्रस्तुत गर्नुभएको छ भनी बिध्यालयका प्रधानाध्यापक श्री डिल्लीरमण तिवारीले जानाकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *