खानेपानी तथा ढल व्यवस्थापन चितवनमा दबाबमूलक डेलिगेस

Spread the love

माडीका नगरप्रमुख ताराकाजी महतोको नेतृत्वमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवनमा दबाबमूलक डेलिगेसन गएकोथियो ।
माडी नगरपालिका खानेपानी तथा सरसफार्इ उपभोक्ता समिति र भिमेश्वर क्रिपा रोयल जे.भि. भरतपुर २(रोयल्स विल्डर्स प्रा.लि.,कृपा कन्स्ट्रक्सन) बीच मिति २०७८ असार २८ गते २९७७–०७८ को पत्रबाट सम्झौता भई उपभाेत्ता समितिको समन्वय तथा सल्लाहबमोजिम रू. ९,३४,७७,०८४.६३ (नौ करोड चौतिस लाख, सतहत्तर हजार चौरासी रूपैयाँ त्रिसठ्ठी पैसा) मा मिति २०८० असार २७ गतेसम्ममा काम सम्पन्न गर्ने गरी उक्त सम्झौता गरिएको थियो । तर उक्त आयोजनाको काम आजका मितिसम्म पनि पानी ट्याङ्कीको मूल ट्याङ्की निर्माण सम्पन्न नभएकोले माडी नगरपालिका वडा न २ का वडाध्यक्ष(आयोजनाका अध्यक्ष) माडी नगरपालिका प्रवक्ता डण्डपाणी पौडेल, माडी वडा नं. ४ का वडाध्यक्ष माधव प्रसाद चापागार्इ, आयोजनाका उपाध्यक्ष नारायण प्रसाद महतो, आयोजनाका कोषाध्यक्ष लक्ष्मी पोख्रेल, माडी भरतपुर–सम्पर्क मञ्च उपाध्यक्ष सुवास कुमार तिवारी, माडी भरतपुर सम्पर्क मञ्चका सह सचिव पूर्ण चन्द्र चापागार्इ, सदस्य भागिरथ चापागार्इको सहभागिता रहेको थियो भने माडी भरतपुर सम्पर्क मञ्चकी अध्यक्ष विष्णु कुमारी क्षेत्री, उपाध्यक्ष सुवास कुमार तिवारी र सह सचिव पूर्ण चन्द्र चापागार्इले यसै विषयमा माडी भरतपुर सम्पर्क मञ्चको तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुन्दर सुवेदीलार्इ आयोजना समयमै सम्पन्न नभएकोमा ध्यानाकर्षण गराउँदै संस्थाकोतर्फबाट आफ्ना मागहरू समेटिएको पत्र बुझाउनु भएको थियो । त्यसै अवसरमा कार्यालयको तर्फबाट सहजिकरण गर्नुहुँदै कार्यालय प्रमुख सुन्दर सुवेदी ज्यू तथा इन्जिनियर चिरञ्जिवी सेढार्इ ज्यू ले कन्स्ट्रक्सन कम्पनीका तर्फबाट कृपा कन्स्ट्रक्सनबाट प्रतिनिधि प्रेम आचार्य, रोयल्स विल्डर्स प्रा.लि.का प्रतिनिधि उमानन्द कँडेल र भिमेश्वर ड्रिलिङ्ग तथा निर्माणा सेवा प्रा.लि.का प्रतिनिधि नहकुल खड्कालार्इ उपस्थित गरार्इ छलफल समेत गरार्इ बाँकी निर्माणकार्य सम्पन्न गर्ने कार्ययोजना र प्रतिवद्दता सम्बन्धमाको प्रस्ताव उपर छलफल गरार्इ यस प्रकारको निर्णय समेत गराउनु भएकोथियो । यस कार्यालय र भिमेश्वर ड्रिलिङ्ग तथा निर्माण सेवा प्रा.लि,कृपा कन्स्ट्रक्सन र रोयल विल्डर्स प्रा.लि. को संयुक्त उपक्रम भिमेश्वर–कृपा–रोयल जे.भि. फर्मबीच मिति २०७८।०३।२८ मा सम्झौता भर्इ कार्यान्वयनका चरणमा रहेको माडी खानेपानी आयोजना, माडी न.पा. वडा नं. २ र ४ (ठे.नं.०४।०७७।,७८।CWSSMP/FWSSMPCHITWAN) को कार्यान्वयन गर्ने सन्दर्भमा शिघ्र सम्पन्न गर्ने सम्बन्धमा संयुक्त उपक्रम भिमेश्वर–कृपा–रोयल जे.भी. का सम्पूर्ण पदाधिकारीद्वारा प्रतिवद्दता व्यक्त गरियो । दोश्रो प्रस्ताब उपर छलफल गरी सार्वजनिक खरिद नियमावली २०६४ को तेह्रौं संशोधन मुताबिक निर्माण व्यबसायीले २०८१ चैत्रसम्म म्याद थप माग भएकोले भिमेश्वर–कृपा–रोयल जे.भि. का सबै पार्टनरद्वारा आमुल आर्थिक, प्राविधिक तथा व्यबस्थापकीय सुधार गरी कार्य अघि बढाउने र सम्पन्न गर्ने गरी अन्तिम पटकके निम्ती म्याद थप गर्न सहमती दिने निर्णय गरियो भनी सहमती गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *