कुटपिटबाट ज्यान मार्ने मानिस पक्राउ

Spread the love

चितवन इच्छाकामना गाउँपालिका वडा नं. १ ज्यानदाला बस्ने वर्ष ४२ को चन्द्र बहादुर चेपाङ (मामा) र ऐ.ऐ. बस्ने वर्ष २३ को लोक बहादुर चेपाङ (भान्जा) घरेलु मदिरा सेवन गरि एकआपसमा वाद विवाद भई कुटपिट हुँदा निज चन्द्र बहादुर चेपाङको श्रीमती आई दुवैलाई छुट्याई निज चन्द्र बहादुर चेपाङलाई आफ्नो घर तर्फ ल्याई सुताएकोमा ऐ. २६ गते रातको अं. २१;०० बजेको समयमा श्रीमतीले मृत्यु भएको थाहा जानकारी पाई ऐ. २३;३० बजेको समयमा स्थानिय तथा जनप्रतिनिधिलाई जानकारी गराएकोमा जनप्रतिनधिबाट आज मिति २०८०।१२।२७ गते विहान अं. ०५:४५ बजेको समयमा जानकारी प्राप्‍त भई तत्काल उक्त स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिङ चितवनबाट प्र.नि. को कमाण्डमा SOCO सहितको मुचुल्काटोली खटीई गई, मृत लासको लास जाँच मुचुल्का, घटनास्थल मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पुरा गरी मृत लासलाई पोष्‍ट मार्टमको लागि भरतपुर अस्पताल चितवन पठाई, घटनामा संलग्न लोक बहादुर चेपाङलाई नियन्त्रणा लिई आज मिति २०८०।१२।२८ गते पक्राउ मितिबाटै लागुहुने गरी सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *