राष्ट्रिय शक्त्ति नेपाल द्वारा बेथितिको अन्त्यको यो ब्यबस्था परिवर्तन को लागि ब्यापक जनप्रदर्सन

Spread the love


रास्ट्रीय शक्ति नेपालका अध्यक्ष श्री केशरबहादुर बिस्टको संयोजकत्वमा काठमाण्डु तिनधारा छात्राबास स्वर्गिय श्री ५ महेन्द्रको शालिकबाट विशाल जनप्रदर्शन भएको थियो ।
२०७२ सालको जनबिरोधी संबिधान खारेज गरौं । ´राजसंस्था र हिन्दुअधिराज्य कायम गरौं ´भन्ने नारासहित असन बजार न्युरोड हुँदै रत्नपार्क पुगि समापन भएको थियो । अन्य स-साना संघ संस्था सहित १७ वटा संस्था समेतले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा
राप्रपा का महामन्त्री श्री धवल शमशेर , नागरिक संघर्ष समिती का अध्यक्ष श्री नरेश बहादुर सिङ्ग , श्री प्रकाश राणा र अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघ का अध्यक्ष श्री अस्मिता भण्डारी ज्यु को समेत गरीमामय उपस्थिति रहेको थियो ।
राजधानीको मुटुमा २०७२ सालको संविधान खारेज गरौं , गणतन्त्र मुर्दावाद , हिन्दुअधिराज्य अनि राजसंस्था कायम गरौं भन्ने नारासहित भ्रष्टाचार , हत्या , बिदेशी हस्तक्षेप आदिको बिरोधमा प्लेकार्ड अनि ब्यानर , स्थानिय झाकी सहित राष्ट्रिय झन्डा हातमा बोकेका स्थानीय काठमान्डौ बासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
न्युरोडमा उक्त कार्यक्रम सम्योजक केशर बहादुर बिष्टले सम्बोधन गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । यो बेथितिको अन्त्यको यो ब्यबस्था परिवर्तनको खातिर जो जसले कार्यक्रम गर्दछ त्यस्तो कार्यक्रममा राष्ट्रिय शक्ति नेपालको पुर्ण सहयोग रहने कुरा पनि उद्घोष गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *