स्वर्णमहोत्सवकाे बिबिध कार्यक्रम
उक्त स्वर्णमहोत्सव कार्यक्रमको चितवन बारको स्वर्ण महोत्सव समारोहको कार्यक्रम तालिका अनुसार विहान ७:३० बजे प्रमुख अतिथी र विशिष्ट अतिथीज्यूको बार परिसरमा स्वागत गरिएको थियो । त्यसैगरी विहान ८:०० बजे बार परिसरमा सम्माननीय प्रधानन्यायाधीशज्यू र ने.बा.ए.का केन्द्रीय अध्यक्ष बरिश्ठ अधिबक्ता गोपालकृश्ण घिमिरे ज्यू बाट सम्प्युक्त रुपमा स्वर्ण स्थम्भ अनावरण गर्नुभएकोथियो त्यसक्रममा चितवन बारबाट स्वागत मनतब्य राख्नु हुदै स्वर्णस्तम्भ निर्माण समिति सम्योजक अधिबक्ता इन्दु कोइरालाले बार र बेन्चको सुमधुर सम्बन्धको प्रतिक यो स्वर्ण स्तम्भ बनेको कुरा बताउनुभएकोथियो । ८:१५ बजे बार परिसर देखि कार्यक्रम स्थल (CMT) सम्म प्रभातफेरी गर्दै CMT मा पुगी ९:३० देखि स्वर्ण महोत्सव समारोह शुरु भएको थियो दिउसो १:०० बजे सम्म चलेको कार्यक्रमको स्वागत मनतब्य चितवन बारका उपाध्यक्ष अधिबक्ता श्री खगेस्वर अधिकारीले गर्नुभएकोथियो ।