समाचार

भिडिओ कन्फरेन्स मार्फत बहस गर्न प्रधानन्यायाधीश बाट कानुन व्यवसायीलाई आग्रह

Spread the love

पूर्ण चन्द्र चापागाई,

चितवन भिडिओ कन्फरेन्स मार्फत बहस गर्ने अनलाइन प्रविधिलाई अंगीकार गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कानुन व्यवसायीलाई आग्रह गर्नुभएको थियो । सर्वोच्चसहित उच्च अदालतका चार वटा इजलासमा सुरु भैसकेको पनि बताउनुभएकोथियो । कानून ब्यबसायी ज्यूहरूले आ आफ्नो कानून ब्यबसाय दर्ता लगायत नबिकरण समेतका प्रमाण पत्र सहित आवस्यक कागजपत्र सहितको कानूनी प्रकृया पूरा गरी सर्बोच्च अदालतमा अनलाइन प्रबिधि समेतमा मुद्दा दर्तादेखि बहसपैरवी भिडियो कन्फ्रेन्सबाट हुनसक्ने सुबिधा लिइ सर्बसाधरण नागरिकको न्यायमा पहुच पुर्याई राज्यको उदेश्य प्राप्ति सहित न्यायपालिकाको मर्म छिटोछरितो न्याय, सुलभ तरिकाको न्यायको अनुभूति दिलाउन समेतको अनुरोध समेतको जानाकारी पनि गराउनुभएकोथियो ।

कानुन व्यवसायीहरुको संस्था चितवन जिल्ला अदालत बार एसोसिएसनको मंगलबार सम्पन्न स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यसले खर्च र समयको बचत गर्ने बताए ।

भिडिओ कन्फरेन्स मार्फत बहस पैरवी गर्ने व्यवस्था सर्वोच्चसहित उच्च अदालतको जुम्ला, धनकुटा, महेन्द्रनगर र हेटौडा इजलासमा सुरु भएको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिए । अदालतमा भौतिक रुपमा उपस्थित हुँदा लाग्ने खर्च र समयको बचत गर्न अनलाइन बहस पैरवीलई विस्तार गर्दै लगेको उनले बताए ।

उनले सर्वोच्च अदालतमा मुद्दाको अनलाइन रजिष्ट्रेसन पनि सुरु गर्न लागेको बताए । ‘भिडिओ कन्फरेन्स बहस गर्ने प्रविधिलाई उपयोग गर्नुस् । अभ्यस्त हुनुस् । सर्वोच्चमा दौडेर बहसका लागि जान परेन । चितवनका कानुन व्यवसायी हेटौंडा पनि जानु परेन । पद्दति र प्रविधिको विकास गरेका छौं । यो पद्दतिबाट बहस गर्छ भनेर जानकारी गराए आफ्नै फर्मबाट बहस गर्न सकिने सुविधा छ,’ प्रधानन्यायाधीश श्रेष्ठले आग्रह गरे । उनले न्यायालय अहिले स्वभाविक गति र लयमा रहेको दाबी पनि गरे ।

कार्यबोझ र बक्यौताका दृष्टिकोणबाट बढी चुनौतिपूर्ण अवस्था रहेको सर्वोच्च अदालतमा पनि केही समययता नयाँ मुद्दा दर्ताको तुलनामा बढी मुद्दा फर्स्यौट हुने गरेको उनले बताए । यसबाट पुरानो मुद्दाको लगत क्रमशः घट्दै गएको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ । लामो समयदेखि हुँदै आएको योजनाबद्ध सुधारको प्रक्रियाले उपलब्धि हाँसिल भएको उनले बताए । न्यायालय रणनैतिक योजनालाई आधार बनाएर चलेको उनले बताए ।

आउँदो असारमा चौथो पञ्च वर्षीय रणनैतिक योजनाको अवधि सकिने हुँदा पाँचौ पञ्च वर्षीय रणनैतिक योजना निर्माणको काम सुरु भएको प्रधानन्यायाधीश श्रेष्ठले सुनाए । ‘रणनैतिक योजनाको निर्माण र कार्यन्वयनले सकारात्मक उपलब्धि हाँसिल भएका छन् । तथापि योजनाहरुले प्रक्षेपण गरेको वजेट लगायत स्रोत साधन उपलब्ध हुन नसक्दा प्रभावकारी कार्यन्वयन र अपेक्षित नतिजा आएको छैन,’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल बार एसोसियसनका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरेले फौजदारी न्यायको सन्दर्भमा पटक पटक व्यक्त हुने गरेका धारणाहरु धेरै राम्रा नभएको र फौजदारी न्याय मर्‍यो भनिने गरेको बताए । सामाजिक सञ्जाल (सोसल मिडिया) हरुमा आएका धारणाका आधारमा न्याय सम्पादन हुने गरेको आरोप पनि लाग्न थालेको र यो दुखद भएको अध्यक्ष घिमिरेको भनाइ थियो ।
उनले भने, ‘एउटा स्वच्छ न्यायकर्मीले कुनै सन्दर्भमा राखेको अवधारणा, आफुले गरेको आदेश बाहिर बसेर त्यो मुद्दामा प्रवेशै नगरेको व्यक्तिले सोसल मिडियामा लेख्देको आधारमा हामीले न्यायकर्मीमाथि दण्डित गर्न थाल्यौं भने हामी ठिक ढंगले सही ठाउँमा पुग्छौं जस्तो लाग्दैन ।’ कानुन निर्माण र संशोधनका लागि संसदको भूमिकाप्रति उनले आक्रोश पोखे ।

संसद कानुन बनाउन भन्दा गफ गर्न बढी लागेको घिमिरेको टिप्पणी थियो । ‘वर्षमा एक/दुईवटा कानुन पारित गर्न नसकेको निरासजनक परिस्थिती छ । वर्तमान संसद यो सन्दर्भमा फेलियर छ,’ बार अध्यक्ष घिमिरेले भने । उनले संविधान संशोधन जरुरी छ भन्ने आवाज पनि उठ्न थालेको र समयको आवश्यकता र जनताले चाहे अनुसार संविधान संशोधन गर्न नसके व्यवस्था धान्न गाह्रो हुने समेत बताए । त्यसैले सबै मिलेर मुलुकका हितका लागि लाग्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

चितवन जिल्ला बारको स्थापना विस २०३० मा भएको अध्यक्ष खगराज कँडेलले बताए । उपत्यका बाहिर स्वर्ण महोत्सव मनाउने बार इकाइ पर्सापछि चितवन रहेको उनले बताए । स्वर्ण महोत्सवको उपलक्ष्यमा चितवन बारले विभिन्न गतिविधि गरेको थियो । समापन कार्यक्रममा विभिन्न व्यक्ति सम्मानित र पुरस्कृत पनि भए । बेलुका ०६:०० बजे चितवन जिल्ला अदालत बार एशोसिएसनको प्राङ्गणमा दिप प्रज्ज्वल समेत गरी स्वर्ण महोत्सवको दिनको अन्तिम कार्यक्रम गरिएकोथियो । यसरी चितवन जिला बार एशोसिएसनले न्यायपालिकाका प्रमुख ब्यक्तित्व सर्बोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश ज्यू र नेपाल केन्द्रीय बारका अध्यक्ष बरिश्ठ अधिबक्ता गोपालकृश्ण घिमिरेको सम्युक्त समुपस्थितिमा स्वर्ण स्तभ अनावरण गराई बार र बेन्च एउटै सिक्काका दुइवटापाटा हुन एक अर्काका परिपूरक तथा अन्योन्याशृत हुन भन्ने कुराको ज्वलन्त उदाहरण समेत पेश गरेको थियो । कुनै पनि ब्यबसाय गर्ने ब्यबसायीहरूले आफ्नो सस्थाको कार्यक्रम ब्यबसायीहरू एक आपसमा मिलेर काम गर्न सके आवश्यक पर्ने रकम आफूहरू मध्येबाट नै उठाई कार्यक्रम गर्न सकिन्छ भन्नेसम्मको उदाहरण पनि चितवनका कानून ब्यबसायीहरू प्रदर्श गरेकाछन । स्वर्ण महोत्सवमा लागेको र लाग्ने सबै रकम सबै कानून ब्यबसायीहरूको एक आपसबाट उठाई एक आपसको सस्थाभित्रकै ब्यक्तिहरूबाट खर्च ब्यबस्थापन गर्ने भन्ने मूल समारोह समिति र साधारणसभाको म्यण्डेड अनुसार नै सबै किसिमका खर्चको ब्यबस्थापन समेत चितवन बारका सदस्यहरूबाटै उठाई सम्पूर्ण खर्चको ब्यबस्थापन गरिएको कुरा चितवन बारका कोशाध्यक्ष अधिबक्ता श्री रमेश काफ्लेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *