हराएका १४२ थान माेबाईल सम्बन्धित धनिलाई
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट मोवाईल फोनहरु हराएकोले खोजतलास गरी पाँउ भनि प्राप्त भएका निवेदनको सम्बन्धमा तदारूकताका साथ खोजतलास तथा परिपत्र गरी मकवानपुर जिल्ला लगायत बारा, पर्सा,रौतहट, चितवन,काठमाण्डौ लगायतका जिल्लाहरूमा अन्य व्यक्तिहरुले चलाईरहेको अवस्थामा चालू आ.ब.२०८०/०८१ मा हालसम्म १४२ थान (iphone, Samsung, Redmi, Oppo, Vivo, Poco, benco ) लगायतका विभिन्न कम्पनीका मोवाईलहरु फेला पारी सम्बन्धित मोवाईल धनिलाई यस कार्यालयमा बोलाई सनाखत गर्न लगाई बुझाईएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।