दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

Spread the love


तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको प्रहरी उपरीक्षकको मिति २०८०।१२।१५ गतेको निर्णयानुसार जनपद प्रहरी समुह तर्फको प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी कर्मचारीहरूलाई मिति २०८०।१२।१६ गते दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ । बढुवा तथा पदस्थापन हुनु भएका प्रहरी सहायक हवल्दारहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालज्यू ले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भई बधाई तथा संगठनको नीति र निर्देशन अनुसार आफ्नो ज्ञान, वुद्धि र विवेकको सहि ढंगले प्रयोग गरी उच्च मनोवलका साथ थप जिम्मेबारी बोध गर्दै अगाडि बढ्न निर्देशन समेत दिनु भएको थियो ।सो कार्यक्रममा सिनियर प्रहरी अधिकृतज्यूहरु लगायत अन्य प्रहरी कर्मचारीहरुले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *