माडि नगरपालि ३ मा खुल्ला रत्तदान कार्यक्रम
पूर्ण चन्द्र चापागाई माडी चितवन
। नगरपालिका ३ बसन्तपुर स्थित खुला मञ्चमा भएकाे रक्तदान कार्यक्रममा ११९ जनाले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रममा ४३ जना महिला ७६ जना पुरूषले रक्तदान गरेका हुन् भने ४० जनाले पहिलाे पटक रक्तदान गरका छन् । नेपाल रेडक्रस सोसाइटी बघौडा उपभोक्ता उपशाखा माडी, पतञ्जली योग समिति माडी र मिसन स्टार एजुकेशन कन्सल्टेन्सी, बसन्तपुरकाे आयाेजना साथै माडी नगरपालिका र वडा नं ३ र ५ कार्यलयको सहयोगमा रक्तदान सचेतना तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे हो ।
साे कार्यक्रममा रक्तदान जीवनदान भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै विगत २१ वर्ष देखि अनवरत रूपमा रगतको व्यवस्थापनमा लागि पर्दै आउनुभएका र आफैले पनि ५० औं पटक रक्तदान गर्नुभएका रक्तदाता एवं नेपाल रेडक्रस सोसाईटी, बघौडा उपशाखाका आजीवन सदस्य तथा ब्लड डोनर्स सोसाइटी नेपालका वरिष्ट उपाध्यक्ष हरि प्रसाद न्यौपानेलाइ सम्मान गरिएकाे थियाे ।
रगतको अभावमा छटपटाइ रहेकाहरूलाइ जीवन दान गर्ने उद्धेश्यले खुला रक्तदान आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापति रामबन्धु पोख्रेलले बताउनुभयो ।