सर्बोच्च अदालतका सम्मानीय प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेश्ठ प्रमुख अतिथि रहने
चितवन जिल्ला अदालत बार एशोसिएसनको स्थापनाको ५० औ वर्श पार गर्दै गरेको गौरवमय शुभ अवसरमा २०८० चैत्र २० गते मङलवारका दिन चितवन मिडटाउन रिसोर्ट हाकिमचोकमा स्वर्ण महोत्सव समारोहको आयोजना गर्ने भएको छ । चितवन बारका सचिव अधिबक्ता श्रीराम दवाडीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ कि उक्त समारोह बिहान ०९:०० बजेबाट शुरु हुनेछ जसको प्रमुख आतित्यथा नेपालको सर्बोच्च अदालतका सम्मानीय प्रधानन्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेश्ठ ज्यू ले गर्नु हुनेछ । सोही अवसरमा स्वर्ण स्तम्भ अनावरण, चितवन जिल्ला अदालत बार एशोसिएसनको स्वर्ण स्मारिका बिमोचन लगायतका बिबिध कार्यक्रमहरू समेत रहने कुरा चितवन बारका उपाध्यक्ष अधिबक्ता श्री खगेश्वर अधिकारीले बताउनुभयो । त्यस्तै २०३० साल चैत्र २० गते स्थापना भएको चितवन जिल्ला अदालत बार एशोसिएशनको यसै सालको चैत्र २० गते ५० बर्श पूरा गर्दै गरेको उपलक्षमा चितवन जिल्ला बारको बिशेश सभबाट पारित गरी स्वर्ण महोत्सव बिशेश कार्यक्रमहरू मिति २०८० फागुन ११ गतेबाट शुभारम्भ गरी फागुन १८ गते स्वर्ण महोत्सवकै सिलशिला चितवन जिल्लाका सातवटै पालिकामा कानूनी साक्षरता कार्यक्रम, चितवन जिल्लाभरका न्यायीक, अर्धन्यायीक निकाय बीच नेपाल सरकारका महान्यायाधिबक्ता समेतको साक्षातकारमा अन्तरकृया कार्यक्रम, बार, प्रत्रकार र बेन्चबीच बिभिन्न खेलकूद कार्यक्रम गर्दै चैत्र १६ गते बृहत रक्तदान कार्यक्रम गरी ३२ जना कानून ब्यबसायी, जिल्ला अदालत कर्मचारी, सरकारी वकिलल कार्यालय चितवनबाट समेत गरी रक्तदानमा सहभागी रहनुभएको कुरा चितवन जिल्ला अदालत बार एशोसिएसनका उपाध्यक्ष अधिबक्ता खगेश्वर अधिकारीले जानाकारी दिनुभएको हो । रक्तदान कार्यक्रमको उद्घाटन शत्रमा चितवन जिल्ला अदालतका माननीय मुख्य न्यायाधीश रमेश प्रसाद ग्यावालीद्वारा उद्घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रम बिहान ०७:३० बजेबाट शुरु भै दिउसो १२:०० बजेसम्म चलेको थियो ।