मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (२१ मार्च) को दिन भरतपुरमा प्रदर्शन

Spread the love

जातिय विभेद बिरुद्धको अन्तर्राष्ट्रिय दिवस मार्च २१ (यो वर्ष चैत ८ गते परेको) (International Day for the Elimination of Racial Discrimination) का अवसरमा
मानव अधिकार तथा शान्ति समाजले “सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म?”
विश्वभरी छरिएर रहेका मानिसहरुको मानव एकता र असमानताको विरुद्धको दिवस मानिन्छ। यस दिनले जातीय भेदभाव, असमानता, रंगभेद, जातीवाद, विशेषगरी व्यक्तिहरूको अधिकारको लागि लड्ने गरेका व्यक्तिहरूको संघर्ष र उनीहरूको योगदानलाई स्मरण गराउछ !

१९६० मा दक्षिण अफ्रिकामा जातीय भेदभाव विरुद्धको शान्तिपूर्ण र्यालीमा प्रहरीले अमानविय दमन गर्दै निशस्त्र ६० जना को निर्मम हत्या गरेको संझनामा मार्च २१ लाई जातिय विभेद बिरुद्धको दिवसको रूपमा संसारभर मनाइन्छ !!

मानव अधिकार तथा शान्ति समाजले दलित अधिकार मानव अधिकार भन्ने नारा लिएर सामाजिक समानता जागरण अभियान , छुवाछूत विरुद्ध अभियान संचालन गर्दै आएको छ , समाजको केन्द्र देखि जिल्ला शाखाको संरचनामा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने प्रावधान रहेको छ भने जातिय भेदभाव र छुवाछूत मानव सभ्यताको लागि कलन्क भएको र यस्तो बिबेकहिन प्रवृति चाडो भन्दा चाडो अन्त्य हुनुपर्ने धारणा शान्ति समाजले राख्दछ !
समाजले यसरि नै विभिन्न दिवस मनाउने गरेको समाजका सभापति शम्भु राउतले जानकारि दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *