” सिक, कमाउ, तिर”- शिक्षा मन्त्री देवेन्द्र पौडेल ।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सानो ठिमी भक्तपुरको ३४ औं बार्षिकाेत्सव सम्पन्न भएको छ। उक्त कार्यक्रमको प्रमुख आतिथ्यता शिक्षा मन्त्री देवेन्द्र पौडेलले गर्नुभएको थियो । उहाँले सबै नागरिकमा प्राविधिक शिक्षा पुग्न सके नेपालले विकासमा फड्को मार्ने कुरा बताउनुभयो ।
प्राविधिक तालिम केन्द्र निजि क्षेत्रको सहभागी विना सम्पन्न हुन नसक्ने भएकोले निजि क्षेत्रलाई उल्लेखनिय सहभागी गराइने कुरामा जोड दिनुभयो ।विशिस्ट अतिथी शिक्षा राज्यमन्त्री बोध माया यादवले शिक्षा मन्त्रीको भनाइ नै मन्त्रालयको धारणा रहेको बताउनुभयो। शिक्षा सचिव यादव प्रसाद कोईरालाले १९५० साल देखि विश्वबाट शुरु भै नेपालमा २०४४ सालमा स्थापना भइ यस प्राविधिक शिक्षालयले विभिन्न शिक्षा तथा सीप दिइरहेको बताउनुभयो ।यस्तो अवस्थामा सीप र ज्ञान बाड्नको लागि निजि क्षेत्रलाइ सहभागी गराउन अति नै आवस्यक रहेको बताउनुभयो।हामीले आजसम्म विभिन्न काम, शिक्षा र निजि क्षेत्रलाई कति सहभागी बनाउन सकियो भनी समिक्षा गर्न जरुरी रहेको र ७५३पालिकामा नै प्राविधिक शिक्षा पुर्याउनुपर्ने कुरामा जोड दिनुभयो ।साथै उहाँले प्राविधिक शिक्षालयमा इमानदार भएर काम गर्न जरुरी छ भन्नुभयो। कर्मचारि संघका अध्यक्ष बाट कर्मचारिकाे हकहित कर्मचारि बढुवामा विभेद नगरियाेस् भनी खवरदारि गर्नु भयाृे । जनताकाे कामकाे लागि छिट्टाे छरिताे सेवा दिई सि टि भि टि सम्मान उच्च राख्न सबैलाई अग्रह गर्नु भयाे । सदस्य सचिव जिव नारायण काफ्लेले प्राविधिक शिक्षा तथा तालीम परिषदको वार्षिक कार्यक्रमको प्रगती विवरण तथा आगामी कार्यक्रमको लक्ष्यको लागी परिषद्ले गरिने कार्ययोजना प्रस्तुत गर्नुभयो। प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम केन्द्रमा कार्यरत यश वर्षका उत्कृष्ट हरि पाैडेल , कर्म सेर्पा , मिना खरेल ,अनिमलि बर्जचार्य , जगदिस सुवेदी सहित ४ जनालाइ सम्मान गरिनुको साथै सोही कार्यक्रम परिषदका उपाध्यक्ष खगेन्द्र अधिकारिको अध्यक्षतामा सम्पन्न भएको थियो।