शिखर पुरुष, शान्ति प्रक्रियाका नायक स्व. गिरिजा प्रसाद कोइरालाको १४ औं स्मृति दिवस सम्पन्न
नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री, लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष, शान्ति प्रक्रियाका नायक स्व. गिरिजा प्रसाद कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली काग्रेस भरतपुर ११ द्वारा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अतिथि पुर्व सभापति जगत केशरि अधिकारिले कार्यकर्तालाइ सम्बाेधन गर्नु हुँदै शान्ति प्रक्रियाकाे नायक स्वा गिरिजा प्रसाद काेईरालाले विकास निर्माण शिक्षा राेजगार मा विशेष याेजना ल्याउने कार्य गरेकाे प्रशंसा गर्नु भयाे । प्रखर वक्ता युवा नेता डायनामिक लिडर जेशिसका अध्यक्ष अरूणेस्वर खनालले कार्यकर्तालाई सम्बाेधन गर्नु हुदै सिखर पुरूष शान्ति प्रक्रियाका नायक स्व गिरिजा प्रसाद काेईरालाले पुर्वी चितवनकाे राप्तिकाे तट बन्धन, राप्ति निरकुन्ज बिचकाे पुल, निरकुन्ज भित्रको बस्तिलाई पदमपुरमा स्थान्तरण ,युवा स्वराेगार बनाउन गरिब सँग विशेश्वर कार्यक्रम ल्याई युवा पलायन हुन बाट राेकेका थिए भनी स्वा गिरिजा प्रसाद काेईरालाकाे प्रशंसा गर्नु भएकाे थियाे । वडा उपसभापति विष्णु न्याैपानेले स्व गिजा प्रसाद काेईराला वास्तवमा शान्तिकाे नायक हुन भनी प्रशंसा गर्नु भएकाे थियाे । कार्यक्रम वडाका सचिव दिगन्त राज पन्तले पाटिलाई अग्रपत्तिमा लैजान उहाँकाे याेगदानकाे प्रशंसा गर्नु पर्नेमा जाेड दिनु भयाे । कार्यक्रमका सभापति अमरबहादुर लामाकाे सभापतित्त्वमा सम्पन्न भयाे ।