वन्यजन्तु अपराध अनुसन्धान सम्बन्धी ३ दिने अनुशिक्षण कार्यक्रमको उद्घघाटन
मिति २०८०।१२।०५ गते ०८:४५ बजे जि.धादिङ नीलकण्ठ न.पा. वडा नं.३ स्थित होटल जनजिविकामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्युरोको आयोजना र WWF (World Wildlife Fund) Nepal को सहकार्यमा मिति २०८०।१२।०५ गते देखि ऐ.७ गतेसम्म संचालन हुने ३ दिवसीय वन्यजन्तु अपराध अनुसन्धान सम्बन्धी अनुशिक्षण कार्यक्रमका प्रमुख अतिथी यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सी.ज्यूले अपराधसँग सम्बन्धित कानुनी व्यवस्था, अबैध चोरी शिकारी तथा व्यपार, मानव वन्यजन्तु द्वन्द, मानव अधिकार, अखेटोपहार पहिचान, वन्यजन्तु अपराध नियन्त्रणमा संस्थागत समन्वय, सहकार्य र सहजिकरण बारे प्रकाश पार्दै अनुशिक्षण कार्यक्रमको उद्घघाटन गर्नु भएको ।
उक्त कार्यक्रमका संयोजक एवं केन्द्रिय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरीक्षक डा. तपन कुमार दाहाल, यस कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवार, WWF Nepal का Program Officer दिलिप कुमार सुवेदी लगायत यस कार्यालय तथा मतहत समेतमा कार्यरत ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यलय धादिङ्गले जनाएकाे छ ।