११ किलो १०० ग्राम लागुऔषध गाँजा सहित २ जना नियन्त्रणमा
मिति २०८०।१२।०१ गते बिहान ०७:५० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा नारायणघाटबाट बिरगंजतर्फ जादै गरेको बा. ४ ख ५९३७ नं. को यात्रुवाहक बसमा सवार भई आएका जिल्ला सर्लाही बलरा न.पा. वडा नं. ०६ बस्ने वर्ष २१ को सुजित कुमार सहनी र ऐ.ऐ. बस्ने वर्ष २० को सरोज कुमार सहनीलाई शंका लागि रितपुर्वक खानतलासी गर्दा निजहरुले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा ११ किलो १०० ग्राम लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध गाँजा सहित निजहरु सुजित कुमार सहनी र सरोज कुमार सहनीलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरले जनाएकाे छ ।