उधाेग बाणिज्य कार्यलय चितवनकाे आयाेजनामा आधारभुत ब्युटिसियन तालिम सम्पन्न

Spread the love

चितवन भरतपुर महानगर पालिका १२ मा उद्योग वाणिज्य कार्यालय चितवन द्वारा पाैष २३ गते देखि संन्चालन भएकाे आधारभुत ब्युटिसियन तालिम सम्पन्न भएकाे छ । समापन कार्यक्रमका प्रमुख अतिथि भरतपुर १२ का समाजसेबि प्रतिभासालि वडा अध्यक्ष लेखराज पन्त रहनुभएको थियो। उहाले सम्पुर्ण प्रशिक्षार्थीहरुलाइ शुभकामना दिदै आगामी एड्भान्स तालिम सन्चालनका लागि आफ्नो तर्फबाट लाग्ने खर्चको आधा रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य कार्यालय चितवनका प्रशिक्षण विभाग प्रमुख नारायण प्रसाद खनालले सीप सिकेर प्रयोगमा ल्याउन सबैलाइ सुझाव दिनुभयो । कार्यक्रममा आफ्ना मन्तव्य राख्दै अनुशासित तरिकाले सीप सिकेर व्यवसायी बन्न सबैमा आग्रह गर्दै सफल भविष्य प्रा लि का अध्यक्ष देव राज थपलियाले सुझाव दिनुभयो । लेखापाल राजेन्द्र कुमालले पनि कार्यक्रममा उपस्थित सम्पुर्णलाई शुभकमना दिनुभयो । समापन कार्यक्रका सभापति उधाेग वाणिज्य कार्यलयका कार्यलय प्रमुख धिरन प्रसाद पाेख्रेल ज्युले तालिम सहभागी सबैमा शुभकामना दिनु हुँदै सबै सहभागिल्ई ब्यावसाय गर्न अनुराेध गर्नु भयाे । यस बर्ष ब्यवसाय गरि संन्चालन गर्नुस् आगामि बर्ष प्रबिधिका लागि आउनुस् भन्दै राम्राे सँग ब्यावसाय गर्न अनुराेध गर्नु भयाे । उहाले उद्योग वाणिज्य कार्यलय चितवन सदा सहयाेग गर्न तयार रहेकाे बताउनु भयाे । उक्त आधारभुत ब्युटिसियन तालिम उद्योग वाणिज्य कार्यलय चितवनका कार्यलय प्रमुख धिरेन्द्र प्रसाद पाेख्रेलकाे सभापतित्त्वमा सम्पन्न भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *