एडभान्स प्याट्रन सिलाई कटाई तालिम उद्घाटन कार्यक्रम सम्पन्न

Spread the love

टिकाराम भन्डारि

चितवन भरतपुर एडभान्स लिलाई कटाई तालिम उद्घाटन सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि लघु घरेलु तथा साना उघाेग प्रवर्धन केन्द्र त्रिपुरेश्वर काठमान्डाैका कार्यकारि प्रमुख दिपक घिमिरे ज्युले उद्घाटन गर्नु भएकाे हाे । तालिमका सहभागिहरूलाई सम्बाेधन गर्नु हुँदै तालिम सिकि उद्योग स्थापना गर्न अनुरोध गर्नु भयाे । उद्योग स्थापना गर्दा आवास्यक प्रबिधि लघु घरेलु तथा साना उद्योग कार्यलय सँग खुलेकाे समयमा आबेदन दिन आग्रह गर्नु भयाे । र आवश्यक सामान स्थलगत अवलाेकन गरि अनुदान दिने कुरा बताउनु भयाे । भरतपुर महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष तथा समाजसेबि लेखराज पन्त ज्युले तालिमका सहभागीलाइ शुभकामना दिदै तालिम अवधि भर ईमान्दार भै सिक्न अनुराेध गर्नु भयाे । आवश्यक परेमा विभिन्न प्रकारकाे सेवा दिन आफ्नो वडा तयार छ भनी सम्बाेधन गर्नु भयाे । वडा सदस्य जमुना ढुङ्गाना ज्युले तालिमका सहभागिलाई सम्बाेधन गर्नु हुँदै सबैलाई तालिमकाे शुभकामना दिनु भयाे । वडा सचिव सीता लम्साल ज्यु ले तालिम सिकि उधमि बन्न आग्रह गर्नु भयाे । एडभान्स प्याट्रन सिलाई कटाई कार्यक्रम २० जना सहभागिहरुका लगानी अनुसार लागि दुई महिना सम्म चल्ने कार्यक्रमका सुचना अधिकारिले बताउनु भयाे । कार्यक्रम सफल भविश्य प्रा. लि का अध्यक्ष देवराज थपलियाकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *