वातावरण तथा वन्यजन्तु अपराध सम्बन्धि १ (एक) दिवसीय अनुशिक्षण तालिम सम्पन्न
मिति २०८०।११।१० गते नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो काठमाण्डौं र WWF को आयोजनामा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० स्थित होटल सेराईचुलीमा संचालन भएको वातावरण तथा वन्यजन्तु अपराध सम्बन्धि १ (एक) दिवसीय अनुशिक्षण तालिम प्र.नि.६, प्र.ब.ना.नि.१, प्र.ना.नि.३ र प्र.स.नि.१० जना गरी जम्मा २० जना सि.प्र.अ./जु.प्र.अ.हरुको सहभागिता रहेको अनुशिक्षण तालिम यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भावेश रिमाल बाट बिहान ९:०० बजे समुद्घाटन भई साँझ १६:०० बजेको समयमा उक्त अनुशिक्षण तालिम समापन भएको ।वातावरण तथा वन्यजन्तु अपराध सम्बन्धि १ (एक) दिवसीय अनुशिक्षण तालिम सम्पन्न भएकाे जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।