तत्काल युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाज चितवन शाखाकाे आग्रह

Spread the love

पूर्ण चन्द्र चापागाई, भरतपुर , ११ फागुन २०८०
फागुन ११ गते रुसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पुगेको तथा इजरायल हमास युद्धको १२८ दिन पुगेकाेमा तत्काल युद्ध रोक्न आग्रह सहित मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले आज फागुन ११ गते विहान ११ः३० वजे देखि १२ बजेसम्म भरतपुरकाे पारस वसपार्क चोकमा ३० मिनेट प्रदर्शन गरेकाे छ ।
चितवन जिल्ला शाखाका सभापति शम्भु राउतकाे अध्यक्षता र शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पाैडेलकाे विशेष उपस्थितिमा सम्पन्न उक्त प्रदर्शन कार्यक्रममा शान्ति समाज चितवनका सह सचिव संसार चन्द्र न्याैपाने , सदस्य राजेन्द्र प्रसाद वाग्ले , आजीवन सदस्य पुर्णचन्द्र चापागाईं , सुमि गाैतम , कृष्ण बहादुर बि.क., सुवर्ण रेग्मी , कृति चाैधरी , रुबिसा काेईराला , लक्ष्मी सुवेदी , विश्वनाथ ढुंगाना , शाेभाकर भुषाल , टिकानीधी चालिसे लगायतका अधिकारकर्मि हरुकाे उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण शान्ति समाज चितवन शाखाका सचिव जीवन के सीले गर्नुभएको थियो ।।