चितवन जिल्ला अदालत बार एशोसिएसन चितवन काे स्वर्ण महोत्सब बिबिध कार्यक्रम हुदै
पूर्ण चन्द्र चपागाशई
वि.सं. २०१३ साल पौष ७ गते वरिष्ठ अधिवक्ता देवनाथ प्रसाद बर्माको अग्रसरतामा कानुन व्यवसायीको भेला सरह बैठक बसी बार एशोसिएशन गठन गर्ने निर्णय भए पछि नेपाल बार एशोसिएशनको गठन भएको पाइन्छ । नेपाल बारले आफ्नो उद्देश्यलाई समायानुकुल बनाउदै कानुन व्यवसायीहरूका बीच एकता, सद्भावना, भ्रातृत्व, पेशागत आचरण र शिष्टाचारको अभिवृद्धि गर्ने, कानुन व्यवसायीहरूको व्यावसायिक हित संरक्षण र सम्बर्द्धन गर्ने, पेशागत मर्यादालाई अभिवृद्धि गर्ने, न्यायप्रशासनलाई आधुनिकीकरण, विकसित, स्वच्छ, निष्पक्ष तथा न्यायोन्मुखी बनाउन अग्रसर रहने, कानुनीराजको अपरिहार्यता बारे बोध एवं सचेत गराउन र यसको प्रतिस्थापनाका लागि निरन्तर प्रयत्नशील रहने, स्वतन्त्र न्यायपालिकाको लागि समिर्पित हुने, कानुनव्यवसायीको पेशागत दक्षता, वृत्ति विकास र सामाजिक सुरक्षा सम्बन्धमा आवश्यक कार्य गर्ने, न्याय र कानुनसम्बद्ध विषयमा आवश्यक अध्ययन, अनुसन्धान गर्ने र प्राप्त प्रतिवेदनको आधारमा नीतिगत सुधारका लागि आवश्यक कार्य गर्ने तथा महिला, दलित, आदिवासी, जनजाती, मधेशी, मुस्लिम लगायत अल्पसंख्यक समुदायका कानुनव्यवसायीको दक्षता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, स्वेच्छिक निःशुल्क कानुनी सेवा (Pro-Bono) प्रदान गर्न ने.बा.ए. बाट निर्देशिका बनाई संस्थागत गर्ने आदि उद्देश्यलाई मुर्त रुप दिन विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
चितवन जिल्लामा वि.सं. २०३०।१२।२० गते नेपाल बार एशोसिएसन चितवन जिल्ला इकाई स्थापना भएको देखिन्छ । यस बारको पहिलो कार्यसमितिको अध्यक्ष अधिवक्ता रामचन्द्र उपाध्याय, उपाध्यक्ष अभिकर्ता निरप्रसाद अधिकारी, सचिव अभिकर्ता वीर बहादुर श्रेष्ठ, कोषाध्यक्ष अभिकर्ता कृष्ण बहादुर अधिकारी, सदस्य अभिकर्ता राजेन्द्रबहादुर शाह, अभिकर्ता रविचन्द्र उपाध्याय र अभिवक्ता वासुदेव पाण्डे रहनु भएको निर्णय पुस्तिकाबाट देखिन्छ ।
सो पश्चात् रामचन्द्र उपाध्याय (२०३४), रविचन्द्र उपाध्याय (२०३७), रामचन्द्र उपाध्याय (२०४१), निरप्रसाद अधिकारी (२०४४), जगन्नाथ पौडेल (२०४७), माधव प्रसाद खनिया (२०४९), एकनारायण सापकोटा (२०५१), लक्ष्मीप्रसाद वस्ती (२०५३।४।२५), शान्तिकुमार पौडेल (२०५३।९।१६-२०५५), भुपेन्द्रजंग पौडेल (२०५५), रामकृष्ण घिमिरे (२०५७), प्रकाशराज रेग्मी (२०५९), धर्मराज आचार्य (२०६१), कृष्णभक्त पोखेल (२०६३), जगन्नाथ भण्डारी ( २०६५), गोविन्दप्रसाद सिग्देल (२०६७), राजकुमार श्रेष्ठ (२०६९), चुडामणी सापकोटा (२०७१), गोपीलाल देवकोटा ( २०७३), कमलराज पाठक (२०७५), रामकृष्ण अधिकारी (२०७७) र हाल मिति २०७९।१०।१३ गते निर्वाचन भई २०७९-०८१ का लागि खगराज कडेलको अध्यक्षतामा २२ औं कार्यसमिति गठन भएको छ । उक्त कार्यसमितिको उपाध्यक्ष खगेश्वर अधिकारी, सचिव श्रीराम दवाडी, सहसचिव शिवकुमारी पाण्डे, कोषाध्यक्ष रमेश काफ्ले, सदस्य नारायण गिरी, श्रीराम सापकोटा, महेशचन्द्र न्यौपाने, तीर्थराज पोखेल, सरोज काफ्ले, बलराम पौडेल, सुनिता अधिकारी र महिला सदस्य पृथ्वीदेवी सुवेदी रहनु भएको छ ।
यस बारमा आवद्ध कानुन व्यवसायीहरु मध्ये वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल राष्ट्रिय सभाको सदस्य, वरिष्ठ अधिवक्ता कृष्णभक्त पोखेल संविधानसभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचित, अधिवक्ता शिवकुमारी गोतामे प्रतिनिधि सभा (समानुपातिक) सदस्य र अधिवक्ता नन्दलाल महतो उच्च अदालतको न्यायाधीश समेत बन्न सफल हुनु र यसै बारमा आवद्ध अधिवक्ता इन्दु कोइराला र कपिल पौडेल नेपाल बार एशोसिएशनको केन्द्रीय सदस्य बन्नुले पनि यस बारको गरिमा बढेको छ ।
हाल यस बारमा आवद्धता हुनु भएका १९५ जना कानुन व्यवसायीहरु मध्ये वरिष्ठ अधिवक्ता ६ जना, अधिवक्ता १६७ जना, अभिवक्ता २१ र अभिकर्ता १ जना हुनुहुन्छ । यस बारमा आवद्ध २२ जना महिला कानून व्यवसायीहरु सक्रिय रुपमा कार्यरत हुनु भएकाे बताउनु भयाे ।
यस बार एशोशिएसनले आफ्नो स्थापनाको ५० औं वर्ष पार गर्दै गरेको अवस्थामा ५० दिन अघिदेखि स्वर्ण महोत्सवको रुपमा विभिन्न कार्यक्रहरु गरी भव्य रुपमा मनाउने निर्णय भएको बताउनुभएको थि
स्वर्ण महोत्सव शुभारम्भ, पुष्पवाटिका स्थापना र दिपावली
कानुनी सचेतना कार्यक्रम
न्यायिक प्रकृयामा बारको भूमिका र कानुन व्यवसायीको आचार संहिता विषयक गोष्ठी (प्रमुख अतिथी ने.बा.ए.का अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र विशेष अतिथी बार काउन्सिलका पार्षद डा. चन्द्रकान्त ज्ञवाली)
चितवन जिल्लाका ७ वटा पालिका
बार भवन
२०८०।११।२४
विहान ७:०० बजे देखि
अदालत र बार बीच मैत्रीपूर्ण खेलकुद
जिल्ला अदालत परिसर
२०८०११२।०२
विहान ११:०० बजे
न्याय सम्पादन प्रकृयामा अनुसन्धानकर्ता (प्रहरी), अभियोजन ( सरकारी वकील), अर्धन्यायिक निकाय ( बन, निकुन्ज, मालपोत), सञ्चारकर्मी र प्रतिरक्षा कानुन व्यवसायीको प्रभावाकारी भूमिका विषयक अन्तरक्रियात्मक गोष्ठी (प्रमखु अतिथी महान्यायाधिवक्ता)
२०८०११२।०९
विहान ९:०० बजे
बार भवन
आश्रममा भोजन व्यवस्थापन
देवघाट रामजानकी स्थित बालिका आश्रम र भरतपुर स्थित मानव सेवा
२०८०११२।१६
विहान ८:०० बजे
२०८०११२।१९
बेलुकी ६:०० बजे
२०८०११२।२०
विहान ८:०० बजे
रक्तदान कार्यक्रम
बार परिसर
दिपावली कार्यक्रम
बार परिसर
स्वर्ण महोत्सव कार्यक्रम (सर्वोच्च अदालतका माननीय न्यायाधीशको प्रमुख अतिथ्यता) (स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण, प्रसंशापत्र, पुरस्कार वितरण आदि)
बार परिसर
साथै, उक्त कार्यक्रमहरुको प्रचारप्रसार गरी सुचना तथा समाचार सम्प्रेषण गरिदिनुहुन उपस्थित सम्पूर्ण नत्रकारज्यूहरुलाई अनुरोध गर्नुभएको थियो । उक्त कार्यक्रममा बारका सचिब अधिबक्ता श्रीराम दवाडीले सन्चालन गर्नुभएको थियो भने स्वागत मन्तब्य बारका उपाध्यक्ष अधिबक्ता खगेस्वर अधिकारीले गर्नु भएको बारका सचिव श्री राम दवाडिले बताउनु भयाे ।