माडीको चक्रतिर्थ धाममा बृक्षारोपण

Spread the love

माडी नगरपालिका ४ को चक्रशिला धामको वरीपरी फुलका बिरुवाहरु रोपी आकर्षण थपिएको छ । चक्रतिर्थ धामलाई थप सुन्दर र आकर्षक बनाउँदै बिकास गर्ने उद्देश्य सहित फुल रोप्ने काम भएको चक्र तिर्थ धाम समितिका अध्यक्ष भागिरथ बस्याल ले जानकारी दिनुभयो । पछिल्लो समय पर्यटकीय स्थलको रूपमा परिचित हुहुदै गएको रेडहिल पार्क नजिकैको उक्त धाममा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दै गएको छ ।

वृक्षारोपण कार्यक्रममा माडी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तथा माडी नगर पर्यटन विकास समितिका संयोजक माधब चापागाईं, कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेल, खैरहनी माध्यामिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सुबास कुमार तिवारी , बसन्तपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष सशिधर बराल , हरिहर मन्दिर समितिका अध्यक्ष कुस्माखर चापागाईं, चक्रशिला धाम उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर रानाभाट , ओम प्राङ्गारिक कृषि तथा नर्सरी फार्मका संचालक अशोक लामिछाने लगायत अन्य सामाजिक महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

आगामी दिनमा समुदायको यसरी नै सहभागिता र सहकार्य निरन्तर भयो भने यस ठाँउलाई सोचेअनुरुप बिकास गर्न सकिने समितिले बिश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *