समाचार

चितवनका सबै कानून व्यवसायीहरूलाई मूल समारोह समितिमा समावेश गरिने

Spread the love

पूर्ण चन्द्र चापागाई,
आगामी चैत्र, २० मा चितवन बारको स्थापना भएको ५० औ वर्ष पूरा हुन लागेको अवसरमा आज मिति २०८० माघ २६ चितवन जिल्ला अदालत बार एशोसिएसनको सभाहलमा भएको चितवन बारका कानून व्यवसायीहरूको अन्तरक्रियात्मक भेलाले वर्तमान चितवन बार एशोसिएसनका अध्यक्ष अधिवक्ता श्री खगराज कडेलको अध्यक्षतामा चितवनका सबै कानून व्यवसायीहरूलाई मूल समारोह समितिमा समावेश गर्ने गरी एक स्वर्णमहोत्सव मूल समिति गठन गर्ने प्रस्ताव पारित गर्दै बाँकी सचिवालयको गठन, पत्रकार सम्मेलनको तिथिमिति तय गर्नेदेखि लिएर कमसेकम फागुनको १ गतेदेखि लिएर आगामी चैत्र २० गतेसम्मका ५० औ दिनसम्म गरिने कार्यक्रम तय गर्ने, उद्घाटन समारोह, स्वर्गद्वार निर्माण, स्वर्ण महोत्सव स्तम्भ निर्माण, स्मारिका प्रकाशन, सरसफाई, खेलकूद, गोष्ठी, रक्तदान, बृद्धाश्रम तथा जेष्ठ नागरिक वा बालबालिकाहरूलाई भोजन वा कुनै कार्यक्रम गरी सहयोग गर्ने, सातै पालिकामा कानूनी साक्षरता कार्यक्रम गर्नेदेखि आवश्यक कार्यक्रम तय गर्ने गरी स्वर्ण महोत्सवको तयारी थालेको छ ।

चितवन बारका अध्यक्ष अधिवक्ता खगराज कडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम चितवन बारका सचिव अधिवक्ता श्रीराम दवाडीले सञ्चालन गर्नु भएको थियो । त्यस अवसरमा चितवन बारकों पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, बरिष्ठअधिवक्ताहरू लगायत चितवन बारसँग सम्बद्द कानून व्यवसायीहरूको सहभागिता रहेको थियो चि.जि.अ.बारको स्वर्ण महोत्सव तयारी बैठकको निर्णय:
१) स्वर्ण महोत्सब मनाउन अघ्यक्ष अधिवक्ता खगराज कडेलको सँयोजकत्वमा १९५ सदस्यीय मुल आयोजक समिती गठन ।
२) स्वर्ण महोत्सबकालागि कार्यसमितिलाई नै कार्य सम्पादन समितिको जिम्मेवारी।
३) स्थापनाको ५०औं बर्षको अबसरमा ५० दिन अघि देखि विभिन्न कार्यक्रम गर्ने निर्णय । जस अनुसार हरेक हप्ता कम्तिमा एक कार्यक्रम गर्ने निर्णय:
क) फागुन १ गते पत्रकार सम्मेलन र बारमा दिपावली
ख) न्यायीक प्रक्रियामा बारको भुमिका र का.ब्य.को आचारसंहिता विषयक बिचार गोष्ठी र स्वर्ण स्तम्भ अनाबरण
ग) सातै स्थानीय पालिकाहरुमा कानुनी साक्षरता
घ) मैत्रीपूर्ण ब्याटमिन्टन खेलकुद
ङ) न्यायीक, अर्धन्यायीक निकाय र नागरिक समाजबीच अन्तरक्रीयात्मक गोष्ठी
च) कन्या गुरुकुलम र मानव सेवाआश्रममा भोजन
छ) रक्तदान कार्यक्रम
ज) स्वर्ण महोत्सब समापन समारोह ( प्रभातफेरि, स्वर्ण स्मारिका बिमोचन, प्रमाणपत्र, प्रशम्सापत्र र पुरस्कार बितरण,)
-(सचिव) श्रीराम द्वारा जानाकारी गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *