कानून व्यवसायीहरूलाई मूल समारोह समितिमा समावेश गठन

Spread the love

आगामी चैत्र, २० मा चितवन बारको स्थापना भएको ५० औ वर्ष पूरा हुन लागेको अवसरमा आज मिति २०८० माघ २६ चितवन जिल्ला अदालत बार एशोसिएसनको सभाहलमा भएको चितवन बारका कानून व्यवसायीहरूको अन्तरक्रियात्मक भेलाले वर्तमान चितवन बार एशोसिएसनका अध्यक्ष अधिवक्ता श्री खगराज कडेलको अध्यक्षतामा चितवनका सबै कानून व्यवसायीहरूलाई मूल समारोह समितिमा समावेश गर्ने गरी एक स्वर्णमहोत्सव मूल समिति गठन गर्ने प्रस्ताव पारित गर्दै बाँकी सचिवालयको गठन, पत्रकार सम्मेलनको तिथिमिति तय गर्नेदेखि लिएर कमसेकम फागुनको १ गतेदेखि लिएर आगामी चैत्र २० गतेसम्मका ५० औ दिनसम्म गरिने कार्यक्रम तय गर्ने, उद्घाटन समारोह, स्वर्गद्वार निर्माण, स्वर्ण महोत्सव स्तम्भ निर्माण, स्मारिका प्रकाशन, सरसफाई, खेलकूद, गोष्ठी, रक्तदान, बृद्धाश्रम तथा जेष्ठ नागरिक वा बालबालिकाहरूलाई भोजन वा कुनै कार्यक्रम गरी सहयोग गर्ने, सातै पालिकामा कानूनी साक्षरता कार्यक्रम गर्नेदेखि आवश्यक कार्यक्रम तय गर्ने गरी स्वर्ण महोत्सवको तयारी थालेको छ ।

चितवन बारका अध्यक्ष अधिवक्ता खगराज कडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम चितवन बारका सचिव अधिवक्ता श्रीराम दवाडीले सञ्चालन गर्नु भएको थियो । त्यस अवसरमा चितवन बारकों पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, बरिष्ठअधिवक्ताहरू लगायत चितवन बारसँग सम्बद्द कानून व्यवसायीहरूको सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *