निक्षेपकर्ताहरुलाई उजुरी दिने बारेको सार्वजनिक सूचना ।
जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ०३ लायन्सचोक स्थितमा केन्द्रिय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि.को केन्द्रीय कार्यालय, सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापक समेतले उक्त सहकारीमा आवद्द रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेको भनि ठगी सम्बन्धी कसूरमा यस कार्यालयमा जाहेरी प्राप्त हुन आई हाल उनीहरु विरुद्ध ठगी कसूर मुद्दा शिर्षकमा अनुसन्धान कार्य जारी रहेकोले उजुरी दिन छुट्नु भएका निक्षेपकर्ताहरु आगामी १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा उपस्थित भई उजुरी दिन हुन यसै सूचनाद्वारा सूचित गरीएको व्यहोरा अनुरोध गरीएको जिल्ला प्रहरी कार्यलयकाे सुचना अधिकारी श्रीराम भन्डारिले बताउनु भयाे