४वटा मोटरसाईकल, १ वटा स्कुटर सहित चोरी गर्ने ६ जना मानिस पक्राउ

Spread the love


चितवन जिल्ला अन्तर्गत बिभिन्न स्थानमा मोटरसाईकल चोरी गर्ने मानिसहरु लुकिछिपी बसेका छन भन्ने प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको बिशेष टोलीले जिल्ला चितवन भ.म.न.पा. १६ घर भई हाल ऐ.ऐ. ११ बस्ने बर्ष २२ को संकल्प पनेरु, जिल्ला बाग्लुङ जैमिनी न.पा. वडा नं. ८ घर भई जिल्ला चितवन भम.न.पा. ११ बस्ने बर्ष २४ को जिवन पौडेल लाई ऐ.ऐ. वडा नं. ९ स्थित निजहरुको डेरामा चोरी गरी ल्याएको ना ५६ प ७६४६ नं. लगाईएको बुलेट मोटरसाईकल, ग २२ प ६६९३ नं. भएकोलाई नं. परिवर्तन गरी बा.प्र.०३ ००१ प ८९५ को नं. प्लेट लगाईएको अवस्थाको Crossfire मोटर साईकल सहित निजहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा, निजहरुले मिति २०७९।०३।१२ गते पुरानो मेडिकल कलेज अगाडिबाट चोरी गरेको उक्त Crossfire मोटर साईकल जिल्ला चितवन माडी न.पा. ९ बस्ने बर्ष ३१ को विजय दुरा सँग रु. ६०,०००।- मा बिक्री गर्न लागेको हुनाले निज विजय दुरालाई निजको साथमा भेटिएको नगद रु. ३६,०००।- सहित नियन्त्रणमा लिईएको र निजहरुले मिति २०७९।०३।०९ गते भरतपुर अस्पतालबाट चोरी गरेको प्रदेश ३-०४ प ४७१८ नं. लाई प्रदेश ३ -०३-००१ प २८८८ नं. परिवर्तन गरि नं. प्लेट लगाईएको बुलेट मो.सा. जिल्ला चितवन भ.म.न.पा. २४ बस्ने बर्ष २५ को जनमराज पुरी र जिल्ला मकवानपुर मनहरी गा.पा. ३ घर भई जिल्ला चितवन भ.म.न.पा. २४ बस्ने बर्ष २१ को सुशिल पुरीलाई बिक्री गरेको हुँदा उक्त खरिद गरेको बुलेट मो.सा. सहित निज जनमराज पुरी र सुशिल पुरीलाई भ.म.न.पा. २४ स्थितबाट पक्राउ गरीएको ।
साथै मिति २०७९०२।०३ गते जिल्ला चितवन भ.म.न.पा. २ क्षेत्रपुर स्थितबाट चोरी भएको प्रदेश ३-०३-००१ प ५११० नं. को स्कुटरको खोजतलाशको क्रममा उक्त स्कुटरको नं. परिवर्तन गरी प्रदेश २-०११-००२ प ६०२५ नं. लगाई उक्त स्कुटरको रंग समेत परिवर्तन गरीएको अवस्थामा जिल्ला बारा पर्सौनी गा.पा. १ घर भई जिल्ला चितवन भ.म.न.पा. २ बस्ने बर्ष २७ को राजेश पासवानलाई उक्त स्कुटर सहित पक्राउ गरीएको ।
साथै मिति २०७९।०३।१४ गते २०:३० बजेको समयमा प्राप्त सूचनाको आधारमा जिल्ला चितवन भ.म.न.पा. ५ स्थितमा मोटरसाईकल चोरी गरी ल्याएको छ भन्ने सूचना प्राप्त भई यस कार्यालय बाट प्रहरी टोली खटिई गई चोरी गरी ल्याएको प्रदेश २-०३-००१ प ४०५६ नं. लगाईएको मो.सा. नियन्त्रणमा लिईएको उक्त मो.सा. चोरी गर्ने मानिस प्रहरी टोलिलाई देख्नासाथ मो.सा बाटोमा नै छाडी फरार भएको हुनाले निजको खोजतलाश कार्य भईरहेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारि नरहरिअधिारिले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *