हिमालय आधारभूत बिद्यालयमा स्टेशनरी बैँककाे स्थापना

Spread the love

पूर्ण चन्द्र चापागाई;

माघ १७,भरतपुर भरतपुर ११ मा रहेकाे हिमालय आधारभूत बिद्यालयमा स्टेशनरी बैँककाे स्थापना गरिएकाे छ ।पोखरी टोल बिकास समितिका सचिव राजेन्द्र अधिकारी र पूर्ण चन्द्र चापागाईकाे संयुक्त पहल र अवधारणामा बुधबार बिद्यालयमा स्टेशनरी बैँकको स्थापना गरिएको हाे ।

स्टेशनरी बैँकमा बिद्यालयका स्टाफ, बिद्यार्थी, शिक्षक, टोलवासी, सामाजिक संघसंस्थाहरू लगायत सबैले आफ्नो जन्मदिन,कुनै धार्मिक कार्य, कुनै पुनित उत्सवको खर्चको सट्टा स्वैच्छाले बिद्द्यार्थीको अध्ययनमा सहयोग गर्न सकिने बताइएकाे छ

विद्यार्थीलाइ अावश्यक हुने कपि, कलम, किताब लगायत स्वैच्छाले जो कुनै चिज दिइ बिध्यार्थीलाइ शिक्षा प्राप्तिमा सहयाेग गर्न सकिने पुर्ण चन्द्र चापागाईले जानकारी दिनुभयाे । उहाँका अनुसार कुनै पनि ब्यक्ति वा संस्थाकाे विशेष दिनमा स्टेशनरी बितरण गर्न सकिनेछ । गरीब, विपन्न ,जेहेन्दार बिद्यार्थीहरूकाे लागि नयाँ स्टेशनरीका साथै घरमा रहेका तर कम प्रयाेग गरिने विभिन्न ज्ञानबर्धक पुस्तकहरू समेत जम्मा गर्न सकिनेछ

पोखरी टोल बिकास समितिका सचिव राजेन्द्र अधिकारीले यो अभियान देशका सबै बिद्यालहरूमा चलाउन सकिए विद्यार्थीहरूमा शिक्षा संगै संस्कार बिकास हुने बताउनुभयाे । उहाँले विद्यालयमा गरिब तथा विपन्न् विद्यार्थीहरूका लागी स्टेशनरी बेँककाे अवधारणा प्रभावकारी हुनेमा विश्वास ब्यक्त गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *