कालीगण्डकी बचत तथा ऋण सहकारि सँस्था लिः वार्षिक साधारण सभा सम्पन्न
चितवन भरतपु ११ कालीगण्डकी बचत तथा ऋण सहकारि संस्था लि काे ११ वार्षिकसाधारण सभा सम्पन्न । भरतपु महानगरपालिका काे उपमियर पार्बति साह प्रमुख अतिथि तथा विशिष्ट अतिथि प्रदेश सहकारि काेषाध्यक्ष टिकाराम भट्टराई रहनु भएकाे थियाे । आर्थिक बर्ष २०७७ /२०७८ मा संचालक समितिकाे बैठक, नीति तथा कार्यक्रम आवधिक,प्रगति सारम्स तथा सँस्थाकाे भाैतिक सम्पत्तिकाे अवस्थाकाे जानकारि सँस्थाकाे सचिव यज्ञ प्रसाद शर्माले बताउनु भयो । आर्थिक वर्ष २०७७/२०७८ काे आम्दानि र खर्च बिवरण संस्थाका काेषाध्यक्ष भुपतिराम रेग्मिले बताउनु भयाे। सँस्थामा नियमित बचत गर्ने र ऋण लगेर नियमित बुझाउने संस्थाका कृयासिल शेयर सदस्यलाई सम्मान गरिएकाे थियाे। प्रदेश सहकारि काेषाध्यक्ष टिकाराम भट्टराईले सहकारि भनेकाे प्रत्यक्ष जनता सँग सराेकार राखिने भएकाेले थप मर्यादित बनाउन बिभिन्न तालिमकाे आवश्यक पर्ने बताउनु भयाे।लेखा समितिका सयाेजक भाेजराज न्याैपाले समेत संस्थालाई प्रगतिकाे लागि प्रबिधि मैत्रि बनाउन लाग्नु पर्ने बताउनु भयाे। प्रमुख अतिथि भरतपुर महानगर पालिका उपमेयर पार्वति शाहले भरतपुर महानगरले सहकारिकाे मापदण्ड कानुन बनिसके काे ले अब चाडैनै सहकारिकाे सुबिधा सम्बन्धि कानुन प्रयाेगमा आउने बताउनु भयाे। भरतपुर महानगर पालिका वडा नं ११ का वडा सदस्य बिना गुरूङ्गले संस्थाकाे प्रगतिकाे कामना गर्नु भयाे । सँस्थाका अध्यक्ष श्री प्रकाश कडेलले सँस्थालाई अगाडि बढाउन कुनै पनि कसर बाँकि नराखेकाे बताउनु भयाे । शेयर सदस्यकाे सुरक्षा बचतऋण, परिचालन , सुख दुखमा घरदैलाेमा पुगि सेवा दिएक शेयर सदस्य सन्तुष्ट रहेकाे बताउनु भयाे। बार्षिक साधारण सभाकाे समापन संस्थाका अध्यक्ष श्री प्रकाश कडेलकाे अध्यक्षतामा सम्पन्न भयाे भने अधिवेसनकाे लागि निर्वाचन अधिकृत द्वारा कार्य थालनि गरि सकेकाे संस्थाका अध्यक्ष श्री प्रकाश कडेलले बताउनु भयाे।