“पुष २७ गते पृथ्वी जयन्ती मनाउने”
भरतपुर ९ हाकिम चोक स्थित ठकुरी समाजको भवनमा पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष श्री मोहन शाह ज्युको अध्यक्षतामा प्रतिष्ठानका पदाधिकारी तथा विभिन्न संघ, संस्था तथा दलको उपस्थितिमा भेलाले तीन सयौ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छ ।
जसमा केन्द्रीय बस टर्मिनल चोकमा एघार बजेदेखि बार्ह बजेसम्म पृथ्वीनारायण शाह अंकित विभिन्न प्लेकार्ड ब्यानर पन्चे बाजा सहितको जुलुसमा विभिन्न संघ ,संस्था ,नागरिक समाज , दल लगायत सम्पुर्ण स्वतन्त्र ,स्वाभिमानी नेपालीलाई आवद्ध हुन अपिल गर्दै जिल्ला बिकास समितिको भवनमा पुगेर कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।
बिशिष्ट अतिथि राष्ट्रिय शक्ति नेपालका संस्थापक केन्द्रीय सदस्य कृष्ण लामाले भौगोलिक एकताको रुपमा” संघे शक्ति कलियुगे ” को भावनाले नेपाल राष्ट्र पृथ्वीनारायण शाहले बनाए भने ” नेपाली नेपाली बीच आत्मीय सम्बन्ध प्रगाढ बनाउन ” नेपाल चारजात छत्तीस बर्णको साझा फुलबारी हो ” भन्ने कुरालाई प्रष्टाए । आजको दिनमा एकता दिवसको आबश्यकतामाथि पनि जोड दिए ।सो कार्यक्रममा राष्ट्रिय शक्ति नेपाल ,बाह्मण समाज ,राप्रपा नेपाल,ठकुरी समाज,शिवसेना नेपाल, काङ्ग्रेस , एमाले , माओवादी केन्द्र लगायत नागरिक समाजका अगुवा कार्यकता तथा नेताको पनि उपस्थिति थियो ।