पुर्बी नवलपरासीमा राष्ट्रिय शक्ति नेपालको मजदुर बिभाग गठन
राष्ट्रिय शक्ति नेपाल मजदुर बिभाग प्रमुख शारदा शाही ठकुरीको प्रमुख आथित्यमा नवलपुर जिल्ला गैंडाकोट दुई स्थित एसपिएम रोड स्थित निशा कस्मेटिक एन्ड सु हाउसको प्राङ्गणमा पुर्बी नवलपुर जिल्लालाई समेटने गरि राष्ट्रिय शक्ति पुर्बी नवलपुर जिल्ला मजदुर बिभाग गठन गरिएको छ ।
दिप बहादुर के सिको सम्योजकत्वमा एक सदस्यीय मजदुर बिभागले छिट्टै एघार सदस्यीय कार्य समितिको पुर्णता निकट भविष्यमै पाउने कुरा उक्त कार्यक्रममा राखेका थिए ।
उक्त कार्यक्रममा अतिथिको रुपमा मजदुर बिभाग केन्द्रिय कोषाध्यक्ष दिपा अर्याल , राष्ट्रिय युवा शक्तिका केन्दिय अभियन्ता जीवन लामा , चितवन जिल्ला सचिव झलकराज पौडेल तथा राष्ट्रिय युवा शक्ति चितवनका उपाध्यक्ष महेश सुबेदी कार्यक्रममा सहभागी थिए ।
उक्त कार्यक्रमको सभापतित्व राष्ट्रिय शक्ति नेपालका सुचना तथा सन्चार समन्वय प्रमुख गजेन्द्र बहादुर अर्यालले गरेका थिए भने उक्त कार्यक्रमको सन्चालन राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता कृष्ण राज अर्यालले गरेका थिए ।