समाचार

सोमेश्वर कालिका मन्दिर सोमेश्वरगढीसम्मको बृहत धार्मिक मोटरसाइकल यात्रा हुने

Spread the love

पूर्ण चन्द्र चापागाई भरतपुर चितवन सनातन संस्कृति परमपरा र सभ्यताको जर्गेना, धार्मिक ऐतिहासिक क्षेत्रको प्रचार सम्बर्धन गर्ने उदेश्यका साथ जय सनातन अभययान नेपालले यही मंसीर ३० गते शनिबारका दन भरतपुर महागरपालिका वडा नं. १ देवघाटदेखि माडी नगरपालिका स्थित चक्रतिर्थधाम हुँदै सोमेश्वर कालिका मन्दिर सोमेश्वरगढीसम्मको बृहत धार्मिक मोटरसाइकल यात्रा २०८० को कार्यक्रम रहेको कुरा जय सनातन अभियान नेपाल केन्द्रीय कार्यालका अध्यक्ष घनश्याम पौडेलले पत्रकार सम्मेलनमा बताउनु भएको हो ।
भरतपुर महानगरपालिका वडा नं. १० को महाकालेश्वर मन्दिरमा भएको पत्रकार सम्मेलनमा जय सनातन अभियान नेपालका अध्यक्ष घनश्याम पौडेल लगायत विश्व हिन्दू महासंघ चितवनका अध्यक्ष प्रेम प्रसाद गैरे, आजका प्रमुख अतिथि बरिष्ठ कथावाचक गुरू बालकृष्ण अर्याल, विश्व हिन्दू महासंघका राजेन्द्र आचार्य, विश्वहिन्दू युवासंघका उपाध्यक्ष अशोक भण्डारी, वरिष्ठ सदस्य महाप्रसाद लगायतको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
उहाँहरूका अनुसार चितवन र यस वरपरका क्षेत्रको प्रचार प्रसार गरी महत्व र गरिमा बढाउदै आन्तरिक एवम् बाह्य पर्यटनको आकर्षण बढाउने उदेश्यका साथै सनातन सभ्यता भित्रका मौलिक संरचना मन्दिर देवालय पिठ र गढीहरूको संरक्षणमा सहयोग पुर्याउने उदेश्यले पवित्र तिर्थस्थल देवघाटबाट पवित्र गणडकीको जल २१ घडामा लिर्इ सोमेश्वर कालिका मन्दिरमा अर्पण गरिने धार्मिक यात्रमा १०८ मोटरसार्इकलमा १५१ श्रङालु भक्तजनको सहभागिता रहने समेतको जानाकारी गराइएको थियो । यात्रामा विश्व हिन्दू महासंघका केन्द्रिय अध्यक्ष एवम् पदाधिकारीहरू, सन्त सभा नपालका प्रतिनिधिहरू, धर्मगुरूहरू, स्वामी, पिठाधिशहरू लगायत हिन्दूवादी संघ संस्थाहरूको सहभागिता रहने कुरा पनि बताइएको थियो । उक्त अवसरमा हिन्दु धर्म अनुसार पुण्य र वर्तमान समयको उत्कृष्ट कार्यको रूपमा रहेको यस धार्मिक यात्रा सम्पन् गर्नको लागि यस क्षेत्रका धार्मिक एवम् अध्यात्मिक ॐकार परिवार सदस्यहरूलाइर् सहभागी बनाइ कार्यक्रम भव्यताकासाथ सम्मन्न गर्न सबैमा अनुराध समेत गरिएको थियो । उक्त अवसरमा सम्भव भएसम्म माडीका धार्मिकस्थलहरू मध्ये भर्खर मात्र तयार भएको चक्रतिर्थधाम हुँदै विभिन्न धार्मिकस्थलको भ्रमणयात्रा समेत गरिने कुराको जानाकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *