विश्व मानवअधिकार दिवस कार्यक्रम सम्पन्न

Spread the love

मानवअधिकार संजाल चितवनका संयाेजक दिपक लामिछानेकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे उदघाटन मानवअधिकार संजाल चितवनका संस्थापक संयाेजक तथा नेपाल मानवअधिकार संगठनका पुर्व केन्द्रीय सदस्य वालकृष्ण पाैडेलले मैनवत्ति प्रज्वलन गरि उदघाटन गर्नुभएको थियाे! कार्यक्रम मानवअधिकार संजालका पुर्व संयाेजक तथा राष्ट्रिय मानव अधिकार सराेकार केन्द्रका केन्द्रीय सदस्य विश्वनाथ अाेझाले सन्चालन गर्नुभएको थियाे भने कार्यक्रममा राेटरी क्लव अफ भरतपुरका अध्यक्ष विवेक श्रेष्ठले सहभागीलाई स्वागत गर्नुभएको थियाे! काहुराष्टका केन्द्रीय उपाध्यक्ष एवं मानवअधिकार संजालका पुर्व संयाेजक विनाेदखण्ड तिमिल्सेनाले नेपालकाे मानवअधिकारका चुनाैति र अवसर विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियाे!उक्त कार्यपत्र माथि कृषि तथा वन विश्व विध्यालयका शुसन अर्यालले समलिङ्गीहरुकाे अधिकारलाई मानवअधिकार सँग जाेडनु पर्ने कुरा राख्नुभयाे!पत्रकार महासंघ चितवनका सचिव एवं ईन्सेकका प्रतिनिधि दिपेन्द्र अधिकारीले सम्विधानकाे धारा १६,१८ र २० काे मर्मलाई समावेस गर्नुभएकोमा धन्यवाद प्रदान गर्नुभयो ! मानवअधिकार तथा शान्ति समाजका जिल्ला सभापति शम्भु राउतले धर्ती वचाउ(वातावरण स्वच्छ राखाैं) अभियान र मेराे फाेहाेर मेराे जिम्मेवारीलाई अधिकारकर्मीहरुले अझ विषेश रुपमा जाेडदिनुपर्ने कुरा राख्नुभयाे!मानवअधिकार संरक्षण मन्चका अध्यक्ष यम वि के ले अाफ्नाे क्षेत्रकाे अधिकारकाे कुरा गर्दा अर्को क्षेत्रकाे अधिकार खाेसिन नहुने विचार ब्यक्त गर्नुभयो ! राेटरी क्लवका पुर्व अध्यक्ष हरि सुवेदीले मानवअधिकारमा धर्म र राजनीतिलाई जाेड्न नहुने विचार राख्नुभयाे! नेपाल मानवअधिकार संगठनका जिल्ला अध्यक्ष हरि प्रसाद अधिकारीले सुचनाकाे हकलाई कसैले पनि वन्देज गर्न नहुने भएकोले सामाजिक सन्जाल Tiktok जस्ता माध्यमलाई नियमन गरि कानुनी प्रकृया पुर्याएर सन्चालन गर्नुपर्ने कुरामा जाेड दिनुभयो ! प्राध्यापक मधुसूदन दवाडीले लिपुलेक कालापानीका वासिन्दाहरुलाई नेपाल भित्रैवाट अावत जावत गर्ने वातावरणका लागि मानवअधिकारकर्मीहरुले अावाज उठाउनु पर्ने कुरामा जाेड दिनुभयो ! संजालका निवर्तमान संयाेजक तथा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पाैडेलले मानवअधिकारकर्मीहरुले भ्रष्टाचारी नेताहरूलाई वहिस्कार गर्नुपर्ने र तथाकथित राजा वन्ने र वनाउने नाैटङ्की नाटक मन्चन भएकोले यसलाई मानवअधिकारकर्मीहरुले विशेष निगरानी गर्नुपर्नेमा जाेडदिनुभयाे! सप्तगण्डकी क्याम्पसका क्याम्पस प्रमुख खेमलाल दाहालले मानवअधिकार दिवस यस क्याम्पसमा मनाउन पाउदा गर्भलागेकाे विचार राख्नुभयाे! मानवअधिकार संजालका संस्थापक संयाेजक चितवनको मानवअधिकारकाे मेरुदण्ड तथा नेपाल मानवअधिकार संगठनका पुर्व केन्द्रीय सदस्य वालकृष्ण पाैडेलले चितवनकाे मानवअधिकार ईतिहासलाई विर्सन नहुने कुरामा जाेडदिनुभयाे! सप्तगण्डकी क्याम्पसका संचालक समितिका अध्यक्ष तथा काहुराष्ट्रका केन्द्रीय सल्लाहकार एवं शिक्षाविद टेक वहादुर थापाले २०२८ सालकाे शिक्षा एेन हाल ५२ वर्ष सम्म पनि संसाेधन नभएकोले मानवअधिकारकर्मीहरुले यस विषयलाई जाेड दिन अाग्रह गर्नुभयो !
कार्यपत्र प्रस्ताेता तथा मानवअधिकारविद विनाेदखण्ड तिमेल्सेनाले कार्यक्रममा उठेका सवालहरुलाई अागामि दिनमा समवेश गरि अगाडि वढने प्रतिवद्दता ब्यक्त गर्नुभयाे! कार्यक्रमकाे अध्यक्षता गर्नुभएका संजालका संयाेजक दिपक लामिछानेले सवै सहभागिहरुलाई धन्यवाद दिदै अागामि दिनमा पनि चितवनमा रहेका मानवअधिकारकर्मीहरु अझ शसक्त र एकतावद्द भई मानवअधिकारकाे लडाइँमा लामवद्द हुन ७५ अाै मानवअधिकार दिवसले प्रेरणा मिलाेस भन्ने शुभकामना दिदै कार्यक्रम समापन गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका ६०जना ब्यक्तित्वहरुकाे सहभागीता रहेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *