नवीन प्रबिधि कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न
२३ मंसिर
नवीन प्रविधि कृषि सहकारी संस्थाको तेस्रो साधारणसभा सहकारी संस्थाका अध्यक्ष श्री दिपेन्द्र बास्ताेलाकाे अध्यक्षता र भरतपुर महानगरपालिका वडा न. १४ का वडा अध्यक्ष श्री राजेन्द्र सांखीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । साे साधारणसभाले गत आर्थिक बर्षकाे लेखा परिक्षण प्रतिवेदन , अध्यक्षले प्रस्तुत गर्नुभएको बार्षिक सम्पन्न कार्यक्रम र आगामी बार्षिक कार्ययोजना अनुमाेदन गर्दै उत्कृष्ट कृषक सम्मान , उत्कृष्ट बिद्यार्थी , ज्येष्ठ शेयर सदस्य सम्मान लगायतका सम्मान र पुरस्कार बितरण गर्दै सम्पन्न भएको साधारणसभामा सहकारी संस्थाका उपाध्यक्ष श्री बसन्तराज पाैडेलले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियाे भने कार्यक्रम सहकारी संस्थाका सचिव श्री जीवन के सी बताउनु भयाे ।