नेपाल बार एशोशियनको दुई दिने मानव अधिकार गोष्ठी हुने
चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल बार एशोशियनको दुई दिने मानव अधिकार गोष्ठी हुने भएको छ ।
बार एशोशियनको केन्द्रिय कार्यकारिणी परिषद्को ४९ औं बैठक अन्र्तगत बैठकसहितको मंसिर २४ र २५ गते गरि दुई दिने मानव अधिकार गोष्ठी हुने भएको नेपाल बार एशोशियन चितवनका अध्यक्ष खगराज कडेलले जानकारी दिनुभयो ।
सौराहाको होटल सेभेन स्टारमा हुने मानब अधिकार गोष्ठीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका मानव अधिकार उलघनका घटनाका विषयमा बृहत छलफल, बहस गरिने भएको एशोशियनका केन्द्रिय अध्यक्ष बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी गराउनुभयो ।
विशेष त रुस तथा ईजरालमा भएको मावन अधिकार हननका घटनामा गम्भीर छलफल, बहस केन्द्रित भई चितवन सौराहा घोषणपत्र जारी गरिने घिमिरेले बताउनुभयो ।
दुईदिनसम्म चल्ने कार्यक्रममा केन्द्रिय कार्यकारिणी परिषद्को ४९ औं बैठकको कानुन मन्त्री धनराज गुरुङ्ग र मानव अधिकार गोष्ठीको सर्वोच्च अदालतका न्यायधिश डा. आनन्दमोहन भट्टराईले उद्धघाटन गर्ने कार्यक्रम रहेको महासचिव अजिता खनालले जानकारी दिनुभयो ।
दुई दिने कार्यक्रममा देशभरीका पन्ध्र सय बढी कानुन व्यवसायी सहभागी हुने नेपाल बार एशोशियनले जनाएको छ ।
त्यसैगरी २५ गतेको कार्यकारिणी परषिद्को बैठकमा देशभरीबाट आउने कानून व्यवसायीहरुले देशको बंतमान संबैधानकि व्यवस्था, सबंधिानको कार्यान्वयनको अवस्था चुनौती र सुधारको क्षेत्र, विधिको शासनको समिक्षा र सुझावहरुका साथै मुख्यरुपमा न्याय कानूनका क्षेत्रमा रहेको कमी कमजोरी र सुधारका विषयमा व्यापक र घनभुित छलफल भै ठोस निष्कंष सहितका निर्णयहरु गरिने नेपाल बार एशोशियनका उपाध्यक्ष हर्कबहादुर रावलले जानकारी गराउनुभयो ।