लाेकतन्त्रकाे प्राण सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न

Spread the love

१९ मंसिर , भरतपुर ।।
७५ औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा ” मानवअधिकार तथा शान्ति समाज चितवन शाखा द्वारा आयाेजित” , “लाेकतन्त्रकाे प्राण : सुशासन र सद्भाव ” विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न ।।
शान्ति समाज चितवन शाखाका सभापति श्री शम्भु राउतकाे सभापतित्वमा सम्पन्न नागरिक संवाद कार्यक्रम शाखाका सचिव जीवन के सी ले संचालन गर्नुभएको थियोे भने शाखाकि उप सभापति भवानी अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियोे ।
मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिद्वारा नागरिक संवाद कार्यक्रमको लागि तयार पारिएको अवधारणा पत्र केन्द्रीय उपसभापति राजेन्द्र पाैडेलले प्रस्तुत गरेर शुरु भएको नागरिक संवाद कार्यक्रममा नेपाली कांग्रेसका राजेश्वर खनाल , नेकपा एमालेका कमल पाठक , नेकपा माओवादी का द्राेणबाबु शिवाकोटी , नेकपा समाजवादीका अरुण पिडित भण्डारी , राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णप्रसाद रेग्मी , पुर्व माननीय भिम बहादुर श्रेष्ठ , राजिव न्याैपाने , प्रकाश अधिकारी , इश्वरि राज लाैडारि , हरि अधिकारी , हाेम बहादुर क्षेत्री , हरिराज पाैडेल , सुशील राना लगायतका अधिकारकर्मि हरुले शान्ति समाजकाे बारेमा र आज प्रस्तुत गरिएको अवधारणा पत्रमा केन्द्रित रहि आफ्नो धारणाहरु राख्नुभएको थियो भने शान्ति समाजका तर्फबाट केन्द्रीय सभापति रामकृष्ण बरालले संबाेधन गर्नुभएको नागरिक संवाद कार्यक्रमका प्रमुख वक्ता संस्थापक सभापति चर्चित मानवअधिकारकर्मि कृष्ण पहाडीले राजनीतिक समाज , नागरिक समाज र अधिकारकर्मीहरुले राख्नुभएको जिज्ञासाकाे जवाफ दिदै आफ्नो भनाइहरु राख्नुभएको थियाे । कार्यक्रममा शान्ति समाजका निबर्तमान सभापति गाेविन्द खनालले नागरिक संकल्प वाचन गरेर सुनाउनु भएको थियो भने अन्त्यमा कार्यक्रमका सभापति शम्भु राउत धन्यवाद ज्ञापन सहित आजकाे नागरिक संवाद कार्यक्रमको समापन गर्नुभएको थियाे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *