जिल्ला प्रहरी कार्यालय, चितवनको बिशेष अनुरोध ।
भरतपु महानगर पालिका वडा नं. १२ मिलनचोक स्थित पूर्व पश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल (बसपार्क) सडक खण्डको केरुङगा घोल (खोला) को कल्भर्ट मुनी जुटको बोरा भित्र शंकास्पद रुपमा अं. २४/२५ वर्ष, ५ फिट ७ ईन्च उचाई भएको पुरुष र सोहि स्थानमा अं. ३०/३१ बर्ष, ५ फिट ३ ईन्च उचाई भएकी महिलाको शव सडेगलेको अवस्थामा फेला परेको घटना सम्बन्धमा ७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सिमावर्ती भारतिय इलाकाहरुमा समेत हुलिया परिपत्र गर्दा हाल सम्म मृतकहरुको सनाखत तथा पहिचान हुन नसकेको हुदा:
मृतकहरुको अनुहार प्रष्ट्याउने किसिमको बिशेषज्ञद्वारा तयार पारीएको Digitally Manipulated Images (स्केच), मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजबस्तु, चिन्ह तथा कपडाहरुको बिवरण सहितको फोटोबाट सनाखत हुन सक्ने भएकोले,
- कोहि कसैको परिवारका सदस्य, आफन्तजन तथा साथीसंगी हराईरहेको भएमा,
- कोहि कसैको घर कोठामा डेरा गरी बस्ने मानिसहरु सम्पर्कमा नआएको भएमा,
- कुनै उद्योग, कल-कारखाना, कम्पनी, पसल, कार्यालय लगायतमा काम गर्ने मानिस/कामदार सम्पर्कमा नआएको भएमा,
- संगै काम गर्ने साथीसंगीहरु सम्पर्कमा नआएको भएमा,
- यस घटना सम्बन्धमा कोही कसैलाई केहि जानकारी भएमा,
नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय चितवन (प्रहरी नियन्त्रण कक्ष १००/९८५५०९०१३३/९८५५०९०४२२) मा जानकारी गराई, यो पोष्ट समेत सेयर गरी अनुसन्धान कार्यमा सहयोग गरिदिनहुन हार्दिक अनुरोध गरिएको छ ।
हुलिया सम्बन्धी विवरण:
पुरुषको शरिरमा रहेका चिजवस्तु तथा चिन्हहरु :
१) वर्ण स्याम्लो
२) मझौला शरीर, उचाई ५ फिट ७ ईन्च, ठुलो निधार भएको
३) दाहिने हातमा रातो पहेलो पुजाको डोरा बाँधेको
४) SUPER DRY लेखिएको निलो रंगको कट्टु लगाएको
५) DURO 80 DOUBLE लेखिएको कलेजी रंगको पेन्टी लगाएको
६) RUPA FRONTLINE साईज 80 CM लेखिएको सेतो रंगको सेन्डो लगाएको
महिलाको शरिरमा रहेका चिजवस्तु तथा चिन्हहरु :
१) बर्ण स्याम्लो
२) मझौला शरीर, उचाई ५ फिट ३ ईन्च भएको, हात खुट्टामा गुलावी रंगको नेल पोलिस लगाएको
३) बाया खुट्टामा कालो रंगको डोरा र दाहिने हातमा रातो पहेलो रंगको पुजाको डोरा बाँधेको
४) SIZE L लेखिएको प्याजी रङ्गको लेगिन्ज (सुरुवाल) लगाएको
५) रातो र पहेलो रङ्ग मिसिएको सल
६) रातो कलेजी रंगको पेन्टी लगाएको
७) माला (रातो डोरा सहित ) थान १ (एकापट्टि दुर्गा माता र अर्कोपट्टि मन्दिर जस्तो देखिने फोटो भएको)
८) कानमा झुम्का लगाएको
९) बाँया हातमा S. स्पष्ट लेखिएको त्यसपछिको अक्षर A, M वा Y जस्तो देखिने (अस्पष्ट ) अक्षर र चित्र आकार भएको ट्याटु रहेको
१०) ब्रा सेतो बुट्टा भको पहेंलो रंगको थान १
११) टप्स ढाकाको जस्तो बुट्टा भएको छिर्केमिर्के रंगको थान १