भारद्वाज गोत्रीय थपलिया वंश प्रतिष्ठान काेशी प्रदेशकाे दाेश्राे साधारण सभा सम्पन्न

Spread the love

झापा,श्री भारद्वाज गोत्रीय थपलिया वंश प्रतिष्ठान काेशी प्रदेशकाे दाेश्राे साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
निवर्तमान अध्यक्ष हिरा नन्द (HN) थपलियाको अध्यक्षता तथा  प्रा.डा हरि थपलियाको प्रमुख आतिथ्यतामा शिव  शताक्षी नगरपालिका वडा नं-१० काे माईधारमा शनिवार सम्पन्न श्री भारद्वाज गोत्रीय थपलिया वंश प्रतिष्ठानको तेश्रो साधारण सभा तथा दोश्राे अधिवेशनले सर्वसम्मत रूपमा   शारदा प्रसाद थपलिया अध्यक्ष रहने गरि १५ सदस्यीय  नयाँ कार्यसमिति चयन गरेको हाे ।


नयाँ कार्यसमितिका अन्य पदाधिकारी हरूमा वरिष्ठ  उपाध्यक्ष  अमृता(बिमली) थपलिया दमक,उपाध्यक्ष पुर्ण प्रसाद थपलिया तेह्रथुम आठराई ,सचिव भरत कुमार थपलिया  झापा कनकाई, सह-सचिव कुमार थपलिया  बिर्तामोड ,कोषाध्यक्ष दुर्गा प्रसाद थपलिया बिर्तामोड रहनु भएको छ ।

त्यस्तै सदस्यहरूमा गोपाल थपलिया बिराटनगर,दिपेन्द्र प्रसाद थपलिया सुरुङ्गा,देवराज थपलिया  मेचिनगर झापा,वासुदेव थपलिया ईटहरी सुनसरी, श्याम थपलिया चन्द्रगढी झापा,नरबहादुर थपलिया शिव शताक्षी झापा,भोलानाथ थपलिया झापा गाउँपालिक,मीना थपलिया बिर्तामोड झापा र तुलाराम थपलिया उर्लाबारी  मङ्गलबारे रहनु भएको छ ।


साधारणसभाकाे उद्घाटन सत्रमा वंश प्रतिष्ठानकाे भवन निर्माणका लागि निशुल्क ३ कठ्ठा जग्गा  प्रदान गर्नुहुने , जग्गा दाता शिव सताक्षी नगरपालिका वडा नं-१०का श्री हरि प्रसाद थपलियालाई सम्मान गर्दै गर्दै रथाराेहण  गराइएको थियो।कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमन झापा गाउँपालिकाकाे उपाध्यक्ष पदमा निर्वाचित अञ्जुदेवी थपलिया लगायतका अन्य निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काेशी प्रदेश सवै जिल्ला  र देशका अन्य जिल्लाका थपलिया समाजका पदाधिकारीहरूकाे सहभागिता रहेको थियो ।

      

Leave a Reply

Your email address will not be published. Required fields are marked *