लामिछाने बन्धु समाज नेपालको भवन भरतपुर महानगरपालिका देवघाटमा निर्माण
लामिछाने बन्धु समाज नेपालको भरतपुर महानगरपालिका वडा नं १ देवघाट चितवनमा निर्माणाधिन अवस्थामा रहेको बहुउद्देश्यीय गर्गाश्रम भबन निर्माण सहयोगार्थ स्याङ्जा जिल्ला आंधिखोला गांउपालिका वडा नं ४ तल्लो लौसिबोटमा जन्म भै हाल किर्तिपुर नगरपालिका वडा नं १० ट्याङला काठमाण्डौ निवासी धार्मिक एवं सामाजिक ब्यक्तित्व मनका धनी पुर्व मन्त्रालयका सहसचिव तथा हाल अधिवक्ता ऋषिराम लामिछाने तथा उहांकी धर्म पत्नी उमादेवी लामिछानेका तर्फबाट स्व.बुबा एक प्रसाद लामिछाने तथा स्व.आमा खगिसरा लामिछानेको स्मृतीमा साविकमा रू ३८०००/- उपलब्ध गराउनु भएकोमा आज भवन निर्माण स्थलमा स्वयम उपस्थित हुनु भै स्वस्फुर्त रुपमा रु २०७०००।०० थप गर्नु भै रु २४५०००।०० दुई लाख पैंतालिस हजार मात्र सहयोग सहर्ष प्रदान गरिसक्नु भएको र अनुकुल समय र गर्ग ऋषिको अनुकम्पा रहिरहे आगामी दिनमा सो रकममा थप गरी ५०००००।००रु पांच लाख वा सो भन्दा माथी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकोले हार्दिक धन्यवाद दिदै उहाँहरू लगायत संपूर्ण परिवारजनको सुस्वास्थ्य दिर्घायु एवम् मनचिन्ते प्रगतिको कामना गर्दछौ।भनी लामिछाने सेवा समाजका सचिवले बताउनु भयाे ।