चितवन जिल्ला अदालत बार एशोसिएशनबाट सहयाेग
पुर्ण चन्द्र चापागाई
नेपाल बार शोसिएशन काठ्माण्डौमा जाजरकोट र रुकुम पठाउनको लागि चितवन जिल्ला अदालत बार एशोसिएशनका कोशाध्यक्ष रमेश काफ्ले मार्फत केन्द्रीय बार एशोसिएशनमा रू८६०८६ छयासि हजार छयासि पठाइएको हो । देश नै पिडामा रहेको बेलामा कानून ब्यबसायीहरूले पनि आफ्नो कर्तब्य र दायित्व पूरा गर्ने जमर्को गर्ने अभिप्रायले केन्द्रीय सूचना सम्प्रेषण अनुसार नै चितवन बार एशोसिएशनले पनि आफ्नो दायित्व बोध गर्दै उक्त रकम केन्द्रीय बार एशोसिएशनमा पठाइएको कुरा अधिबक्ता काफ्लेले चिरफार खबरका सह सम्पादक श्री पूर्ण चन्द्र चापागाईलाई बताउनु भएको हो । त्यसै गरी मिति २०८० कार्तिक २४ गते शुक्रबारको कार्यालय समयपछि चितवन जिल्ला बार एशोसिएशनका महिला कानून ब्यबसायीको सकृयतामा चितवन जिल्ला अदालतका जिल्ला न्यायाधीश ज्यू हरू, कर्मचारी, मेलमिलाप समन्वयकर्ताहरू, बार एशोसिएशनका बरिश्ठ अधिबक्ता, पूर्ब अध्यक्ष, अधिबक्ता लगायत सम्पूर्ण कानून ब्यबसायीहरूलाई सेलरोटी खाने कार्यक्रम सहित शुभ दिपावलीको शुभ कमना आदान प्रदान गरिएको कुरा कार्यक्रम सम्योजक तथा चितवन बारका सह सचिव शिब कुमारी पाण्डे भण्डारीले चिरफार खबरलाई बताउनु भएको हो ।