क्यान्सर पिडीतको लागी च्यारीटीखेल

Spread the love

पूर्ण चन्द्र चापागाई,

बागलुङ नगरपालिका ३, दुर्लुङ निवासी बिजय शर्मा लामो समय देखि क्यान्सर रोगवाट पिडीत भै भारतको मेदान्त अस्पतालमा उपचाररत हुनुहुन्छ । उपचारको लागि ठूलो रकम आवश्यक पर्ने भएको र पारिवारिक अवस्थाले उक्त रकमको जोहो गर्न असम्भव भएकोले सहयोगको अपेक्षा गर्नुभएको छ। सोहि कार्यमा थोरै भएपनि मलमपट्टि होस भनि डालसमा रहेका दुई फुटबल क्लब बज्र फुटबल क्लब र अरभिङ सिटी फुटबल क्लब जुन नेपालीहरुबीच भाईचारा बिकास र स्वास्थ्य जिबनशैली भनेर खेलकुदको माध्यमबाट बिभिन्न सामाजिक कार्यमा संलग्न छन। उनिहरुले च्यारीटि खेल नाम दिएर मैत्रिपूर्ण फुटबल खेलको आयोजना गरेका छन। जसमा यहॅाहरु सबैको उपस्थितीको लागी उनिहरुले अनुरोध पनि गरेका छन। बिजय शर्मा आफैपनी जिल्लाको १९ तल उमेर समुहका फुटबल खेलाडि हुन।
इच्छुक सहयोगी मनले बिजयको आमा बिन्दु शर्मा को नाममा रहेको नेपाल बैंकको खाता नं.- ०२२०१७०७४२३९७७०००००१ मा सिधै चाहेको रकम जम्मा गरी पवित्र कार्यमा जोडिदिन पनी अनुरोध गरेका छन। साथै अमेरिकामा रहनुहुने सहयोगदाताहरूले 9293055540 मा Zillow मार्फत पनि सहयोग गर्न सक्नुहुनेछ। भनी सम्प्युक्त राज्य अ्मेरिका टेक्सास राज्यका एन आर एन ए सचिव निश्चल चापागाईले चिरफार खबरका सह सम्पादक श्री पूर्ण चन्द्र चापागाईलाई बताउनुभयो ।
थप जानाकारीकालागि :- नबराज पैाडेल (पिडीतको मामा)
फोन :-9293055540

Leave a Reply

Your email address will not be published. Required fields are marked *