राष्ट्रिय शक्ति नेपाल क्षेत्र नम्बर ३ चितवनको शुभकामना तथा चियापान सम्पन्न

Spread the love

२२/७/२०८० राष्ट्रिय शक्ति नेपाल क्षेत्र नम्बर ३ चितवनको आयोजनामा आउदो दिपावली अनि छड पर्वको उपलक्ष्यमा जिल्ला स्थित सम्पुर्ण अभियान तथा अभियन्ता अनि दलका प्रतिनिधिको समउपस्थितिमा शुभकामना तथा चियापान कार्यक्रम चेतना भिलेज रिसोर्ट , हाकिम चोक भरतपुरमा आज सम्पन्न भयो ।
सो कार्यक्रममा अतिथिको तर्फबाट स्वतन्त्र नागरिक मन्चका केन्द्रीय सम्योजक मोहन आचार्यले सम्बोधन गर्नु भएको थियो । राजालाई बदनाम गराएर दलाली राजनीति गरेका दलको पछि लागेर जीवनमा ठूलो भुल गरेको कुरा उहाले सो कार्यक्रममा व्यक्त गरेका थिए । त्यस्तै अतिथिको तर्फबाट वीर गोर्खाली अभियानका केन्द्रीय सम्योजक प्रकाशजङ्ग पान्डेले कम्युनिस्टको नाममा कमाउनिष्ट बनेका माओबादिको पछिलागेर सम्पुर्ण जीवन बर्बाद भएकोले अबको बाकी जीवन राजसम्स्था पुनर्स्थापनाकोलागि बलिदान गर्ने कुरा सो कार्यक्रममा राखेका थिए । त्यस्तै राष्ट्रिय सरोकार मन्च चितवन सम्योजक प्रदिप कुवर चौधरीले जिल्ला स्थित बिभिन्न दल तथा जिल्ला स्थित अभियानका प्रमुखहरुलाई बोलाएर एउटै साझा मन्च बनाएर आफ्ना कुरा राख्न दिएकोमा धन्यबाद ज्ञापन गरेका थिए । त्यस्तै दलको तर्फबाट राप्रपा नेपालका केन्द्रिय सदस्य शङ्क राज अधिकारी , चितवन जिल्ला सहसचिव चिरञ्जीवी न्यौपाने , त्यस्तै नेपाली काङ्ग्रेस , एमाले तथा माओबादिका जिल्ला स्थित ब्यक्तिहरुले आ आफ्ना धारणा राख्दै आजको आबश्यकता संबैधानिक राजतन्त्र रहेको कुरा सो कार्यक्रममा बताएका थिए ।
राष्ट्रिय शक्ति नेपालका जिल्ला सचिव झलक राज पौडेलले सम्पुर्ण आगन्तुकलाई धन्यबाद ज्ञापन गर्दै राष्ट्रिय शक्ति नेपालको अबधारणा अहिले सबै दल अनि अभियन्ताको राष्ट्रिय साझा मुद्दा बनेकोले यसै मुद्धाको वरिपरि सबै अभियन्ता अनि दल केन्द्रित भएर आ आफ्नो तरिकाले आन्दोलनमा रहेकोले राष्ट्रिय शक्ति नेपालको अबधारणा कति सहि रहेछ भन्ने कुरा अहिले आएर पुष्टि भएको बताएका थिए । त्यस्तै सचिवले कार्यक्रममा तीन वटा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव नम्बर एकमा भुकम्पमा पीढितको उद्धार अनि राहतको माग सरकारसङ्ग गर्दै भुकम्पमा परि ज्यान गुमाउने प्रति श्रद्धान्जली अर्पण थियो भने प्रस्ताव नम्बर दुईमा परिचय तथा शुभकामना आदान प्रदान गरिएको थियो ।त्यस्तै प्रस्ताव नम्बर तीनमा अबको आन्दोलनको दिशा निर्देश बारे आफ्ना बिचार व्यक्त गर्दै अब सम्पुर्ण राष्ट्रबादी शक्ति एक भएर राजसम्स्था पुनर्स्थापना , वैदिक सनातन धर्मको स्थापना , संघीयताको खारेजी अनि नेपाली नेपाली बीचको सद्भावना बढाउदै आन्दोलनको आधिबेहेरी ल्याउन तर्फ सबै दल तथा अभियन्तालाई सचेत रही आन्दोलन गर्न आग्रह गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय शक्ति नेपालका जिल्ला सम्योजक तथा केन्द्रीय सम्स्थापक सदस्य कृष्ण लामाले देश गणतन्त्रका सम्बाहकले बेचेकोले अब देशमा आन्दोलन अपरिहार्य बनेको तर्फ आफ्ना भनाई राखेका थिए । त्यसकोलागि राष्ट्रिय शक्ति नेपालले जनकपुर , बीरगन्ज, चितवन , बुटवल , धनगडी सुर्खेत , दाङ्ग लगायत बिभिन्न जिल्लाबाट आन्दोलनको आधिबेहेरी सिर्जना गर्न लागेको बताएका थिए ।दलले आफ्नो गल्ती ढाकछोप गर्न शक्तिमा नरहेका राजालाई थर्काएकोले जनताले यो आन्दोलन पश्चात् राजसम्स्था फर्काएर हिसाब लिनेकुरा सो कार्यक्रममा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय शक्ति नेपालका जिल्ला सदस्य तथा क्षेत्र नम्बर तीनका अध्यक्ष परशुराम देवकोटाले गरेका थिए भने आन्दोलनमा सबैको सहभागिताको आबस्यकता बारे आफ्ना धारणा पनि राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *