भरतपुर महानगरपालिका १२ द्वारा एडभान्स सिलाईकटाई तालिम उद्घाटन
भरतपुर महानगर पालिका वडा नं १२ द्वारा एडभान्स सिलाई कटाई तालिमकाे उद्घाटन सम्पन्न भएकाे छ । एडभान्स सिलाई कटाई तालिमकाे प्रमुख अतिथि भरतपुर महानगर पालिका वडा नं १२ का वडा अध्यक्ष लेखराज पन्तले एक कार्यक्रमकाे बिच उद्घाटन गर्नु भएकाे हाे ।तालिम कार्यक्रमका सहभागिहरूलाई सम्वाेधन गर्नु हुँदै सिकेकाे सिपलाईआफ्नाे आयआर्जकाे शक्त्तिमा बदल्न आग्रह गर्नुभयो । नियमित रूपमा उपस्थित भै तालिम सिके जिवनकाे चाेला बद्ल्न समय नलाग्ने बताउनु भयाे । एडभान्स सिलाई कटाई तालिम सिक्ने महिला हुनु भएकाेले राम्राे सँग सिकि सिलाई कटाई ब्यवसाय गर्न अनुराेध गर्नुका साथै सिलाई कटाई व्यवसाय गर्दा आयआर्जन हुदा हिम्सा समेत कम हुने पारिवारिक शान्ति मेलमिलाप बढ्नेमा दुईमत नभएकाे बताउनु भयाे । तालिम सिके पछि ब्यवसाय गर्न पैसा नभए वडा कार्यलयकाे सिफारिस गरि सस्ताे ब्याजदरमा ऋणकाे लागि बैकमा सिफारिस गरिने र ब्यवसाय गर्नेकाे लागि सिलाई मेसिन समेत अनुदानमा दिने बताउनु भयाे। स्थानिय स्तरमा र समाजसेवामा ख्याति कमाएका वडा अध्यक्ष लेखराज पन्त विद्यालय गुणस्तर विद्यालय भवन ,बाटाे ,पाटि पाैवा, स्वास्थ चाैकि ,ढल निकास ,वृद्ध आश्रम , आमा समूह, युवा जनशक्त्तिलाई नेपालमा उद्योग सिर्जना गर्नु पर्छ भनी याेजना बनाउने बहु प्रतिभासालि वडा अध्यक्ष हुनु हुन्छ ।भरतपुर १२ वडा कार्यलय टिम नै विकासमा सक्रिय टिम रहेकाे वडा बासि बताउनु हुन्छ । एडभान्स तालिमकाे सहभागिलाई सम्वाेधन गर्दै ने क पा ए माले वडा अध्यक्ष तिल प्रसाद न्याैपानेले तालिम का सहभागिलाई सिलाई कटाई तालिम सिकि ब्यवसाय गर्न सबैलाई अनुराेध गर्नु भयाे तालिम पश्चात आवश्यक परामर्स आवश्यक बैक ऋण आवश्यक प्रबिधिकाे लागि सधै लागि पर्ने बताउनु भयाे । दुई महिना सम्म चल्ने तालिमको बेसिक तालिम यसै वडा द्वारा लिएका सहभागिलाई दिएकाे वडा कार्यलयले बताएकाे छ । भरतपुर महानगर पालिकाकाे आयाेजनामा सेवा प्रदायक संस्था जनतासेवा सिपमुलक तालिम केन्द्र भरतपुर १२ रहेको छ। कार्यक्रमकाे समापन जनता सेवा सिपमुलक संस्थाकाे अध्यक्ष देवराज थपलियाकाे अध्यक्षतामा सम्पन्न भएकाे बताउनु भयाे ।