भरतपुर महानगरपालिका वार्ड नम्बर १० द्वारा बेसिक ब्युटिसियन तालिम उद्घाटन कार्यक्रम सम्पन्न
भरतपुर महानगरपालिका वार्ड नम्बर १० द्वारा बेसिक ब्युटिसियन तालिम उद्घाटन सम्पन्न भएको छ। सोही कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वार्ड नम्बर १० का वार्ड अध्यक्ष, विकास निर्माणका डिजाइनर, प्रतिभाशाली व्यक्तित्व परमेश्वर खनाल द्वारा बेसिक ब्युटिसियन तालिम उद्घाटन गर्दै तालिमका सहभागीहरुलाई निरन्तर रुपमा उपस्थित रही दुइ महिनासम्मको तालिम सिकेर व्यवहारमा लागु गरि व्यावसायिक बन्न समेत आग्रह गर्नुभयो। तालिम पश्चात व्यवसाय गर्न चाहने तथा आफुसंग आर्थिक अभाव भएमा भरतपुर महानगरपालिका वार्ड नम्बर १० सहयोग गर्न तयार छ भनि तालिमका सम्पूर्ण सहभागीहरुलाई सम्बोधन गर्नुभयो । वार्ड अद्यक्ष परमेश्वर खनाल आफैमा दिन दुखि लाइ सहयोग गर्ने ,अन्यायका विरुध्द आवाज उठाउने, शिक्षामा गुणस्तर ल्याउनको लागि हरेक विद्यालय तथा कलेजलाई आवश्यक भौतिक पूर्वाधारका लागि सक्दो सहयोग गरिरहने र भरतपुर १० लाइ डुबानामुकत वार्ड बनाउने विकासप्रेमी नेता रहेको स्थानीयको भनाइ रहेको छ । विशिष्ट अतिथि यसै वार्डका वार्ड सदस्य रेशमराज थापाले तालिमका सहभागीहरुलाई इमान्दार भइ तालिम सिकेर व्यवसाय गर्न अनुरोध गर्नुभयो । थप आवश्यक तालिम ,प्रविधि समेत सहयोग गर्न वार्ड नम्बर १० तयार रहेको बताउनुभयो । वार्ड सदस्य निरबहादुर लामा ,वार्ड सदस्य सुर्य बदना हमाल बाट तालिमका सहभागीहरुलाई शुभकामना दिनुहुदै तालिम पूर्ण रुपमा सिकी सक्षम व्यवसायी बन्न आग्रह गर्नुभयो । उक्त उद्घाटन कार्यक्रम सफल भविष्य प्रा. लि. का प्रमुख देवराज थपलियाको अद्यक्षतामा सम्पन्न भएको थियो ।