सरकारी स्तरका विद्यालयमा सरकारी लगानी

Spread the love

पूर्ण चन्द्र चापागाई भरतपुर, चितवन, २८ असोज २०८०
बेसमा वक्ताहरुले भन्नु भएको थियो कि सरकारी स्तरका विद्यालयमा सरकारी लगानी तथा विभिन्न सुविधा भएर पनि हिसान, इस्टु, प्याप्सन, बेस लगायतका संस्थागत स्कुलहरुको स्तरीयतासँग सरकारी सामुदायीक विद्यालयहरुसँग हुन नसक्ने जिल्लामा ४ जि पि ए ल्याएका ६ विद्यार्थी मध्ये ४ विद्यार्थी बेसबाट छन् भने बाँकी दुई मध्ये पनि सामूदायीक विद्यालयमा गएका विद्यार्थीको पनि तल्लो तहको बेशिक पठन पाठन संस्थागत विद्यालयकै लगानीको प्रतिफल रहेको जिकिर गर्नु भएको थियो । संस्थागत विद्यालयले विभिन्न प्रतिस्पर्धा बीच र विभिन्न समस्याहरुका बीच पनि स्तरीय रिजल्ट ल्याउन सकेको र अभैm राम्रो गर्र्र्दैै जानु पर्ने पनि बताउनु भएको थियो ।

भरतपुर इङ्लिस स्कुल सोसाइटी चितवनको २१ औ साधारण सभा , एसड्ड इड्ड इड्ड मा जिड्ड पिड्ड एड्ड ४ ल्याउने बेसका बिद्द्यार्थी , अभिभावक , बिद्द्यालयका तर्फबाट प्राचार्य वा प्रतिनिधि लाई सम्मान, २० बर्श वा सो भन्दा धेरै समयदेखि बेस अन्तर्गत एउटै बिद्द्यालायमा काम गर्दै हाल प्राचार्य वा सह प्राचार्य भै काम गर्दै आउनु भएका सरहरूलाई सम्मान तथा नेपाली मात्रको बिजया दशमी, शुभ दिपावली, छड, नेपाल सम्बत लगायतका चाडहरूको उपलक्ष्यमा राखिएको शुभकामना कार्यक्रममा
२१ औ साधारण सभा २०८० (बेस) को सभापतित्व बेस भरतपुरका सभापति इन्दे्रश शाहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम गुल मोहर होटल, भरतपुर – ९, चितवनमा भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि प्याप्सन केन्द्रिय सदस्य मोहन लामा हुनुहुन्थ्यो, विशिष्ट अतिथि किर्तिनिधि अर्याल, अतिथिहरु प्याप्सन चितवन, जिल्ला अध्यक्ष, टिकाराम चापागाई प्रमुख सल्लाहकार चि.जि. प्याब्सन, श्री प्रसाद ढुङ्गाना, शिक्षक अभिभावस संघ भरतपुर संयोजक भोजराज न्यौपाने हुनुहुन्थ्यो उहाँहरु लगायतले मनतव्य राख्नु भएको थियो । साधारण सभामा पहिलो उद्घाटन शत्र सकिएपछि विष्णु बहादुर बस्नेतले प्रगति प्रतिवेदन कोषाध्यक्ष रमाकान्त शर्माले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने उक्त प्रतिवेदनहरु ताली बजाएर पास गरिएको थियो ।
उक्त कार्यक्रममा सम्मानित हुने ग्यान दर्शन स्कुलका नमनबाबु चापाई सहितका विद्यार्थीलाई प्रति व्यक्ति रु. १०,०००÷– (दश हजार रुपैयाँ) प्रदान गरिएको थियो भने साथमा सम्मान पत्र र सम्बन्धित विद्यालयहरु ज्ञानदर्शन इङ्लिस बोर्डिङ स्कुल, नारायणी पब्लिक स्कुल, आदर्श बोर्डिङलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *