राष्ट्रिय शक्ति नेपाल चितवनको बडा दशै चियापान कार्यक्रम सम्पन्न
राष्ट्रिय शक्ति नेपाल चितवनको बडा दशै चियापान कार्यक्रम सम्पन्न
मिति २०८० साल आश्विन २७ गतेका दिन राष्ट्रिय शक्ति नेपाल चितवन क्षेत्र नम्बर एक द्वारा आयोजना गरिएको बडा दशै , दिपावली तथा छठ पर्बको शुभकामना आदानप्रदान कार्यक्रम खैरहनी नगरपालिका पर्शा बजारको क्रियापुत्री भवनमा आज सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित सबैले देशको समसामयिक बिषयमा चर्चा गर्नुका साथै शुभकामना आदन प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका जिल्ला तथा केन्द्रिय प्रतिनिधि केशव जङ्ग थापाले आजको विषम परिस्थितिमा अभियानलाई अझ ससक्तीकरण गर्न जिल्ला स्थित सम्पुर्ण अभियन्ता एक भएर लाग्नुको कुनै बिकल्प नभएको बताएका थिए । त्यस्तै कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका केन्द्रीय सदस्य कृष्ण राज अर्यालले हाम्रो अभियानको मुल मुद्दा संघीयता अनि धर्मनिरेपेक्षताको खारेजी ,राजसम्स्थाको पुनर्स्थापना , वैदिक सनातन धर्मको स्थापना , पाँच बर्षको अबधिमा सबै अभियन्ता अनि दलका साझा मुद्दा बनेकोले राष्ट्रिय शक्ति नेपालको भिजन अनि चिन्तन कति सहि थियौ भन्ने कुरा घाम झै छर्लङ्ग भएको कुरा प्रष्टाएका थिए।
त्यस्तै राष्ट्रिय शक्ति नेपालका जिल्ला सचिव झलक राज पौडेलले जसको अन्त हुदैन त्यो सनातन धर्म हो । ज्ञानको कहिल्यै अन्त नहुने हुँदा वेद नै सनातनीको आत्मा हो। बेद नै हामी सनातनीको जीवन पद्धति भएकोले यसै भित्र बिश्वका सबै धर्म सम्प्रदाय अटने हुदा हाम्रो भूमिको उपादेयता वैदीक सनातनी हुनुमा रहेको कुरा बताएका थिए। त्यस्तै सत्व रज अनि तमो गुणको अधिष्ठात्री देवीको पुजा बडा दशैमा गर्नुको कारण, त्यस्तै कफ ,बात अनि पित्त दोषको हरण यो महिनामा देवीको आराधनाले कसरी गर्न सकिन्छ भन्ने कुरा प्रष्ट पार्दै वैदिक सनातन धर्म हाम्रो बैज्ञानिक जीवन पद्धती रहेको भनाई उक्त कार्यक्रममा राखेका थिए ।
नेपाल सम्स्कृत विश्व बिधालयका सह प्राध्यापक खिमानन्द ज्ञावालीले सनातन अर्थ पन्च तत्व (आकास, वायु, तेज , पृथ्वी अनि जल) रहेको कुरा बताउनु भएको थियो। सृष्टि पहिला यी पन्चतत्व थियो, अहिले पनि छ अनि भोलि पनि बिद्धमान रहन्छ ।त्यसैले यसको अन्त नभएकोले सनातन भनिएको हो भन्ने कुरा प्रष्टाउनु भएको थियो भने यी नै पन्च तत्वको प्रतिनिधित्व पृथ्वी तत्वको शिव, जल तत्वको बिष्णु , आकाश तत्वको गणेश, तेज यानि अग्नि तत्वको सुर्य , तथा वायु तत्वको प्रतिनिधित्व देवीले गर्ने हुनाले वैदिक सनातनीले पन्च देवताको पुजा गर्ने कारणको रहस्योद्घाटन गरेका थिए ।
हाम्रो धर्म ,सम्स्कृती अनि परम्परा हाम्रो जीवन पद्धति कति बैज्ञानिक थियो भन्ने कुरा कोभिड पछिका समयले देखाएको कुरा उक्त कार्यक्रममा राखेका थिए ।
सो कार्यक्रमको अध्यक्षता राष्ट्रिय शक्ति नेपालका सम्स्थापक केन्द्रीय सदस्य चितवन जिल्ला ईन्चार्ज कृष्ण लामाले दशै, तिहार अनि छड पर्वको पावन अबसरमा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दै सबैले राष्ट्रिय शक्ति नेपालको अभियानलाई जनताको घर दैलोमा पुर्याउन महत्वपुर्ण भूमिका खेल्न सबैमा आग्रह गर्दै कार्यक्रमलाई समापन गरेका थिए ।